बन्दले होटल व्यवसायीलाई दुई अर्ब रुपैयाँ घाटा, पर्यटकको भरमा चल्ने विराटनगरका होटल सुनसान

बिजमाण्डू
२०७२ भदौ १४ गते ००:०० | Aug 31, 2015
बन्दले होटल व्यवसायीलाई दुई अर्ब रुपैयाँ घाटा, पर्यटकको भरमा चल्ने विराटनगरका होटल सुनसान

पथरी (मोरङ)  । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण विराटनगरका होटल व्यवसायीलाई दुई अर्ब रुपैयाँ घाटा भएको छ । 

Tata
GBIME
Nepal Life

नेपाल होटल संघ (हान)का केन्द्रीय सदस्य राजन श्रेष्ठका अनुसार १७ दिनयता होटल सुनसान भएका छन् । बन्दका कारण यातायात नचल्दा पर्यटक नआएकाले पर्यटन व्यवसायीलाई घाटा लागेको हो । भारतीय पर्यटकको भरमा चल्ने विराटनगरका होटल यतिखेर सुनसान भएका छन् । 

भारतीय पर्यटककै कारण विराटनगरका होटल सधैँजसो खचाखच हुने गरेका थिए । विभिन्न सीमानाकाबाट दैनिक दुई हजार पर्यटक पूर्व आउने गरेकामा यतिखेर होटलमा पर्यटक शून्य रहेको पूर्वाञ्चल क्षेत्रीय होटल सङ्घले जनाएको छ । 

पूर्वाञ्चल क्षेत्रीय होटल व्यवसायी सङ्घका अध्यक्ष सुरेश भट्टराईंले यातयातका साधन चल्न नपाउदा पर्यटन व्यवसाय पूरै सुनसान भएको बताए । विराटनगरमा ठूला र साना गरेर झन्डै एक सयको हाराहारीमा होटल छन् । रासस