चुक्ता पुँजी बृद्धिका लागि वोनस सेयर, २० प्रतिशत जगेडा कोषमा राखेपछि बाँकी रकम वोनस सेयर

बिजमाण्डू
२०७२ भदौ १४ गते ००:०० | Aug 31, 2015
काठमाडौं । नेपाल राष्ट्र बैंकले आठ अर्ब चुक्ता पुँजी पुर्याउन बैंकहरुलाई निर्देशन दिएसँगै गत आर्थिक बर्षको नाफाबाट कति रकम पुँजीमा परिवर्तन हुने छ भनेर लगानीकर्ताले हिसाव किताव लगाउन थालिसकेका छन् । 
 
जगेडा कोषबाट पुँजी बृद्धि गर्न नमिल्ने भएसँगै बैंकहरुले पुरानो ऋणपत्र वा गत आर्थिक बर्षको नाफाबाट वोनस सेयर जारी गर्नु पर्ने हुन्छ । गत आर्थिक बर्ष बाणिज्य बैंकहरुको नाफा ३२ प्रतिशतले बढेको । हामीले यहाँ गत बर्षको नाफाबाट मात्र कति प्रतिशतसम्म वोनस सेयर वितरण गर्न सक्छन् भनेर हिसाव किताव गरेका छौं । कतिपय बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग समेत अनौपचारिक कुराकानी गरेका छौं ।
 
बैंकहरुले गरेको खुद नाफाको २० प्रतिशत रकम जगेडा कोषमा राख्नु पर्छ । त्यस वाहेकको रकम मात्र लगानीकर्ताले बाँड्न पाउँछन् । नेपाल राष्ट्र बैंकले दुई बर्षभित्र पुँजी आठ अर्ब पुर्याउन भनेसँगै यसपालीदेखि नगद लाभांसको प्रस्ताव नल्याउनसमेत निर्देशन दिइसकेको छ ।
 
राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले कर प्रयोजनवाहेक सबै रकम चुक्ता पुँजी बृद्धिका लागि वोनस सेयर वितरण गर्नेमा खर्चिने छन् । यस हिसावले कुन बैंकले कति  प्रतिशतसम्म वोनस सेयर वितरण गर्न सक्छन् भनेर अनुमान गर्न सकिन्छ ।
 
यद्यपी कतिपय बैंकहरु मर्जरमा गएभने वोनस सेयरको मात्रा घट्न सक्ने छ । ग्रान्ड बैंकलाई खरीद गर्ने अन्तिम चरणमा रहेको प्रभु बैंकले अर्को संस्थालाई गाभेमा  नाफाबाट वोनस सेयर जारी गर्नु पर्छ भन्ने वाध्यता नरहन सक्छ, बैंकले हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गरिसकेको छ । 

Tata
GBIME
Nepal Life