हिमालय एअरलाइन्स र पेलेसिस बीच सम्झौता, पाइलट र अन्य कर्मचारीलाई विभिन्न प्रशिक्षण दिइने

बिजमाण्डू
२०७२ भदौ १४ गते ००:०० | Aug 31, 2015
हिमालय एअरलाइन्स र पेलेसिस बीच सम्झौता, पाइलट र अन्य कर्मचारीलाई विभिन्न प्रशिक्षण दिइने

काठमाडौं । नेपाल र चीनको संयुक्त लगानीमा सञ्चालित नयाँ एअरलाइन्स हिमालय एअरले उड्यन क्षेत्रमा अग्रणी प्रशिक्षण समाधान प्रदायक पेलेसिस क्यानडासँग दीर्घकालीन सेवा सम्झौता गरेको छ । हिमालय एअरलाइन्सले आफ्ना उडान चालकहरु र अन्य कर्मचारीहरुलाई अनलाइन र अफलाइन प्रशिक्षण पाठ्यक्रम र सेवाहरु उपलब्ध गराउन सम्झौता गरेको हो।

Tata
GBIME
Nepal Life

सेवा सम्झौतामा टिप्पणी गर्दै एयरलाइन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले भने, 'यस सम्झौताले हाम्रो आन्तरिक प्रशिक्षण क्षमता अभिवृध्दिगर्ने क्रममा महत्वपूर्ण कोशेढुंगा थप्ने छ। हाम्रा उडान चालकहरुलाई प्रभावकारी ढङ्गमा पेलेसिसद्वारा डिजाइन गरिएका अन्तर्राष्ट्रिय स्तरको अनलाइन वा अफलाइन प्रशिक्षण सामाग्री र अन्य वौध्दिक सम्पत्ति सुपथ लागतमै प्राप्त हुनेछ।'

हिमालय एअरलाइन्स, नेपाल र चीनको संयुक्त लगानीमा सञ्चालित अन्तर्राष्ट्रिय एअरलाइन्स कम्पनी हो। भूकम्पका कारण एअरलाइन्सले अपरेसन केही ढिला सारेको छ। कम्पनीले २०१६ देखि अन्तर्राष्ट्रिय उडान भर्ने नयाँ योजना बनाएको छ।

विभिन्न एसियाली सहरसँग सिधा हवाई सम्पर्क सुरु गर्ने योजनासहित हिमालय एअरलाइन्स देशकै दोस्रो अन्तराष्ट्रिय बाहक बन्न लागेको हो। एअरलाइन्सले २०१५ को जुलाइमा एयरबस ३१९ र ३२० बाट उडान भर्ने योजना बनाएको थियो।