सुनको भाउ तोलामा डेढसय रुपैयाँले बढ्यो, ५० हजार ८ सय ५० मा किनबेच, चाँदी ५ रुपैयाँले महँगियो

बिजमाण्डू
२०७२ भदौ १४ गते ००:०० | Aug 31, 2015
सुनको भाउ तोलामा डेढसय रुपैयाँले बढ्यो, ५० हजार ८ सय ५० मा किनबेच, चाँदी ५ रुपैयाँले महँगियो


काठमाडौं । सुनको भाउ तोलाको डेढसय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसयी महासंघका अनुसार सोमबार सुन तोलाको ५० हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुनको भाउ तोलाको ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

Tata
GBIME
Nepal Life

महासंघका अनुसार भदौ १० गते एकै दिन ५ सयले घटेको सुन त्यसपछि भने थोरै रकमले बढिरहेको छ । १० गतेयता सुन तोलाको ३ सय ५० रुपैयाँ बढेको हो ।

सुनको भाउ बढेको दिन चाँदीको भाउ पनि बढेको छ । चाँदी ५ रुपैयाँले महँगो हुँदै तोलाको ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।