प्रिमियर इन्स्योरेन्सले इलाममा खोल्यो शाखा, भूकम्पको कारणले आठ सय २८ वटा दावी परे

बिजमाण्डू
२०७२ भदौ १४ गते ००:०० | Aug 31, 2015
प्रिमियर इन्स्योरेन्सले इलाममा खोल्यो शाखा, भूकम्पको कारणले आठ सय २८ वटा दावी परे
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले इलाम नगरपालिकामा शाखा स्थापना गरेको छ । सञ्जाल र सेवा विस्तार गर्ने उद्देश्यले यो इन्स्योरेन्सले इलाममा शाखा सञ्चालन गरेको हो । 


 
कम्पनीका मूख्य प्रबन्धक दिपेन्द्र राज गौतमले कार्यालय उद्घाटन गरेका हुन् । शाखा उद्घाटनमा विभिन्न बैंक तथा वित्तीय सस्थाका प्रमुख, उद्योगी व्यवसायी तथा कार्यालय प्रमूखहरुको उपस्थिती थियो । 
 
कम्पनीले विगत २१ वर्ष देखि निर्जीवन बीमा सेवा प्रदान गर्दे आएको छ । गत बैशाख १२ गतेको विनाशकारी भूकम्पको कारणले कूल आठ सय २८ वटा दावी परेको र यस मध्ये ५५ प्रतिशत फर्छोट गरिसकेको जानकारी पनि दिइएको छ । कम्पनीले हालसम्म १६ करोड ११ लाख रकम दावी भूक्तानी दिएको हो । 
 

Tata
GBIME
Nepal Life