लघुवित्तमा राष्ट्र बैंक थप कडा, एक लघुवित्त संस्थाले अर्को लघुवित्तको सेयर खरीद गर्न नपाउने

बिजमाण्डू
२०७२ भदौ १५ गते ००:०० | Sep 1, 2015
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा जस्तै लघुवित्त विकास बैंकहरुले पनि अर्को त्यस्तै प्रकृतिको संस्थाको सेयर खरीद गर्न नपाउने भएका छन् । यसअघि लगानी गरेका संस्थाले पनि दुई बर्षभित्र ती सेयर बिक्री गरिसक्नु पर्ने हुन्छ ।
 
नेपाल राष्ट्र बैंकले घ वर्गका लघुवित्त संस्थाहरुलाई निर्देशन जारी गर्दै सेयर तथा अन्य कुनै पुँजी उपकरणहरुमा लगानी गर्न प्रतिबन्ध लगाएको हो । 
 
वित्तीय पहुँच अभिबृद्धि गर्न भन्दै राष्ट्र बैंकले एक लघवित्तले अर्को लघुवित्तमा लगानी गर्न छुट दिएको थियो । संस्थागत लगानी हुँदा सुशासनमा समस्या आउन सक्ने भन्दै राष्ट्र बैंकले अब भने लगानी गर्न रोकेको हो ।
 
घ वर्गका संस्थाहरुमा देखिने मात्रामै क्रस होल्डिङ हुने गरेको छ । यसले सेयर बजारमा समेत प्रभाव पार्ने गरेको छ । संस्थाहरुले आफूहरुले लगानी गरेको सेयर राफसाफ २०७४ असार मसान्तभित्र गरिसक्नु पर्छ । 

Tata
GBIME
Nepal Life