काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु बर्षको मौद्रिक नीतिबाट कर्मचारीको बृत्ति विकासमा नाफाबाट निश्चित प्रतिशत रकम अनिवार्य रुपमा छुट्याउनु पर्ने निर्देशन दिएको छ ।
बैंकिङ क्षेत्रको विकाससँगै कर्मचारीको गुणस्तरमा पनि बृद्धि होस् भन्ने चाहना राष्ट्र बैंकको हो ।
कर्मचारी जति गुणस्तरीय हुन्छन् त्यसको असर बैंकको सुशासनसँगै वासलातमा पनि देखिन्छ । कर्मचारीको क्षमता बृद्धिले बैंकको नाफासमेत बढाउँछ ।
बैंक (रु हजारमा) | कर्मचारी खर्च | नाफा/घाटा | बैंक (रु हजारमा) | कर्मचारी खर्च | नाफा/घाटा |
Grand Bank | 112,677 | (330,671) | SIDDHARTHA BANK | 328,131 | 763,761 |
Lumbini Bank | 130,979 | 346,103 | NB Bank | 331,072 | 792,778 |
Prime Bank | 171,702 | 801,276 | Machapuchre Bank | 356,981 | 613,436 |
Sanima Bank | 182,321 | 604,197 | BOK | 407,403 | 333,889 |
Mega Bank | 185,260 | 345,612 | NIC Bank | 421,778 | 692,474 |
Century Bank | 187,611 | 257,908 | NIBL | 480,732 | 1,964,243 |
NMB Bank | 201,815 | 503,803 | prabhu Bank | 495,229 | 1,035,966 |
CIVIL | 207,932 | 237,545 | SCBNL | 505,669 | 1,294,827 |
Janata | 213,379 | 151,145 | SBI | 552,231 | 1,065,438 |
NCC | 215,539 | 412,671 | Global IME Bank | 628,863 | 1,005,999 |
Citizens bank | 247,877 | 723,859 | Everest bank | 687,510 | 1,574,351 |
Sunrise Bank | 271,911 | 474,390 | Nabil Bank | 743,484 | 2,098,602 |
Laxmi | 272,858 | 411,968 | Himalayan | 910,246 | 1,095,595 |
Kumari Bank | 284,347 | 352,735 | Nepal Bank | 2,437,221 | 526,123 |
Agriculture | 2,960,282 | 1,876,190 | RBB | 2,670,474 | 4,501,592 |
गत आर्थिक बर्षको नाफा र बैंकहरुले कर्मचारीको तलव सुविधा हेर्दा कमजोर अवस्था सरकारी बैंकको देखिन्छ । साना तथा थोरै व्यवसाय गर्ने बैंकहरुको उत्पादकत्व वढी देखिन्छ ।
यहाँ हामीले बैंकले कमाएको नाफा र उसले कर्मचारीका लागि गरेको खर्चका हिसावले उत्पादकत्व मापन गर्ने कोशिस गरेका छौं ।
बैंकहरुले गत आर्थिक बर्षमा २६ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा गरेका छन् । कर्मचारीको सेवा सुविधामा १७ अर्ब ८० करोड रुपैयाँ खर्च गरेका छन् । ३० बैंकमध्ये ग्रान्ड घाटामा छ बाँकी जम्मै नाफामा गएका छन् ।
३३ करोड घाटामा गएको ग्रान्ड बैंकले कर्मचारीका लागि ११ करोड २६ लाख रुपैयाँ खर्च गरेको छ । नेपाल बैंकले ५२ करोड ६१ लाख रुपैयाँ नाफा गर्न कर्मचारीमा दुई अर्ब ४३ करोड रुपैयाँ खर्च गरेको छ ।
कृषि विकास बैंकले एक अर्ब ८७ करोड नाफा गर्न दुई अर्ब ९६ करोड रुपैयाँ कर्मचारीमा खर्च गरेको छ ।
अर्को सरकारी बैंक राष्ट्रिय बाणिज्य बैंकले चार अर्ब ५० करोड रुपैयाँ नाफा गर्न दुई अर्ब ६७ करोड रुपैयाँ खर्च गरेको छ । चार अर्ब ५० करोड रुपैयाँमध्ये दुई अर्ब ५० करोड रुपैयाँ कमाउन कर्मचारीको परिश्रम परेको छैन, बैंकले इन्भेष्टमेन्ट बैंकको सेयर विक्री गरेर यो रकम कमाएको हो ।
निजी क्षेत्रको बैंक अफ काठमाण्डूले ३३ करोड ३८ लाख रुपैयाँ कमाउन ४० करोड ७४ लाख रुपैयाँ खर्च गरेको छ ।
खर्चका हिसावले राम्रो परफरमेन्स प्राइम र नेपाल इन्भेष्टमेन्ट बैंकको छ । प्राइमले ८० करोड १२ लाख कमाउन १७ करोड १७ लाख रुपैयाँ कर्मचारीमा खर्च गरेको छ भने इन्भेष्टमेन्ट बैंकले एक अर्ब ९६ करोड कमाउन ४८ करोड रुपैयाँ खर्च गरेको छ ।