पुनर्बीमाले १३ करोडको सेयर बेच्ने, निर्जीवन बीमाले आठ र जीवन बीमाले पाँच करोड लगानी गर्न पाउने

बिजमाण्डू
२०७२ भदौ १५ गते ००:०० | Sep 1, 2015
पुनर्बीमाले १३ करोडको सेयर बेच्ने, निर्जीवन बीमाले आठ र जीवन बीमाले पाँच करोड लगानी गर्न पाउने
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले थप १३ करोड पाँच लाख ६ हजार रुपैयाँ बरारबको १३ लाख कित्ता सस्थापक सेयर विक्री गर्ने भएको छ । कम्पनीले निर्जीवन र जीवन बीमा कम्पनी तथा केही पब्लिक कम्पनीलाई सेयर विक्री गर्न लागेको हो । 

पुनर्बीमा कम्पनीमा सबै बीमा कम्पनी र केही पब्लिक कम्पनी सस्थापक लगानीकर्ता हुन । गत आर्थिक वर्षमा निर्जीवन र जीवन बीमा कम्पनीका लागि छुट्याएको सेयरमा पर्याप्त आवेदन परेको थिएन । कम्पनीहरुले खरिद नगरेको सेयरमा पुनः आवेदन माग गरिएको जानकारी पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले बताए ।
 
निर्जीवन बीमा कम्पनीका लागि आठ करोड तीन लाख ३९ हजार चार सय रुपैयाँ सेयरका लागि आवेदन मागिएको छ । जीवन बीमा र अन्य पब्लिक कम्पनीका लागि पाँच करोड रुपैयाँको सेयरका लागि आवेदन माग गरिएको हो । 
 
गत वर्ष सस्थापक सेयर माग गर्दा मेट लाइफले किन्न चाहेको थिएन । जीवन बीमा कम्पनीतर्फ मेट लाइफका लागि छुट्याएको सेयर पुनः बोलकबोलमा विक्री गर्न लागिएको हो । केही निर्जीवन बीमा कम्पनीले पर्याप्त आवेदन गरेका थिएनन् । त्यसबेला बाँकी रहेको सेयरका लागि पुनः आवेदन मागिएको पुनर्बीमा कम्पनीले जनाएको छ । 
 
सस्थापक सेयर किन्न चाहने बीमा कम्पनी तथा पब्लिक कम्पनीले असोज १८ भित्र आवेदन दिनुपर्नेछ । आफूले किन्न चाहेको सेयरको ५० प्रतिसत रकम पहिलेनै भुक्तानी गरेर कम्पनीहरुले आवेदन दिन सक्छन् । कम्पनीहरुले न्युनतम एक लाख कित्ता सेयर किन्नु पर्नेछ । 
पुनर्बीमा कम्पनीमा सरकारको ४३ प्रतिसत सेयर लगानी छ । निर्जीवन बीमा कम्पनीको ३८ प्रतिसत, जीवन बीमा कम्पनीका लागि नौं प्रतिसत र नौं प्रतिसत पब्लिक कम्पनीलाई सस्थापक सेयर छुट्याइएको छ । 
 
 

Tata
GBIME
Nepal Life