सिद्धार्थ डेभलपमेन्ट बैंकको घर कर्जा स्किम, ऋणीको जीवन बिमा, पाँच लाखदेखि करोडसम्म ऋण

बिजमाण्डू
२०७२ भदौ १५ गते ००:०० | Sep 1, 2015
काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंकले घर कर्जाको स्किम ल्याएको छ । बैंकले पाँच लाखदेखि एक करोड रुपैयाँसम्म ऋण दिने गरी घर कर्जा योजना ल्याएको हो ।
 

१० देखि २० बर्ष अवधिसम्मका लागि ऋण लिँदा बैंकले ऋणीको सावधिक जीवन बिमा समेत गरिदिने छ, जसले बिमा अवधि समाप्तिपछि एकमुष्ट बोनस भुक्तानी लिन सकिन्छ । 
 
बैंकले घर कर्जाको ब्याज दर भने खुलाएको छैन । न्युनतम ब्याज दर हुने उल्लेख गर्दै बैंकले ऋणीको कर्जा अवधिमै मृत्यु भए पनि घर जिम्मा लगाउने छ । 
 
गत आर्थिक बर्ष २६ करोड रुपैयाँ नाफा गरेको बैंकको खराव कर्जा ४ प्रतिशतमा झरेको छ । बैंकले ६ अर्ब ९८ करोड निक्षेप संकलन गरी पाँच अर्ब ७१ करोड कर्जा लगानी गरेको छ । बैंकको १८ शाखा र १९ एटिएम सञ्चालनमा छन् ।

Tata
GBIME
Nepal Life