एभरेष्ट–कुमारी मर्ज हल्लाले कारोबार बढ्यो मूल्य घट्यो, नौं अंकको गिरावट, ६६ करोडको कारोबार

बिजमाण्डू
२०७२ भदौ १५ गते ००:०० | Sep 1, 2015
एभरेष्ट–कुमारी मर्ज हल्लाले कारोबार बढ्यो मूल्य घट्यो, नौं अंकको गिरावट, ६६ करोडको कारोबार
काठमाडौं । एभरेष्ट बैंकसँग कुमारी बैंकको मर्ज हुने हल्लासँगै दुबै कम्पनीको सेयर कारोबार बढेपछि सोमबार मुल्यमा गिरावट आएको छ । अघिल्लो दिन १० प्रतिशतले बढेको कुमारीको मूलय चार रुपैयाँले घटेको छ भने एभरेष्ट बैंकको ६१ रुपैयाँले गिरावट आएको छ ।


 
बजारमा कुमारी बैंकको सात करोड १० लाख रुपैयाँ र एभरेष्ट बैंकको ६ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 
 
अधिकांस कम्पनीको मूल्यमा गिरावट आएसँगै सोमबार बजार परिसुचक ओरालो लागेको छ । कुल १३६ कम्पनीको कारोबार भएको बजारमा नेप्से सुचक भने ८.८१ अंकले घटेको छ । बजारमा ६६ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
 
बैंकिङ र नेपाल टेलिकम सुचिकृत अन्य सुचक घटेका कारण समग्र बजार प्रभावित भएको हो । अन्य सुचक ३.५२ अंक र बैंकिङ १३.१९ अंकले घटेका छन् । बिमा पनि ६६ अंकले ओरालो लागेको छ । जलविद्यूत् ११.२४ अंकले घटेको छ । बाँकी सुचक भने बढेका छन् । 
 
होटल २९, विकास बैंक ५.५७, फाइनान्स २ र उत्पादनमूलक २८.३९ अंकले बढेको छ । दिनभरीमा बैंकिङ समूहको मात्र ३४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । 
 
बजारमा नेपाल इन्भेष्टमेन्ट बैंक संस्थापक पाँच करोड २५ लाख, नेशनल लाइफ तीन करोड ३६ लाख, लुम्बिनी बैंक दुई करोड ९२ लाख, ग्लोबल आइएमइ संस्थापक दुई करोड ४५ लाख, प्रभु बैंक दुई करोड ४३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 
 
मालिका विकास, नेको इन्स्योरेन्स, साइन रेसुङ्गा र यति विकास बैंकका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा कमाएका छन् । गुमाउनेमा सुर्या लाइफ, कावेली विकास, नबिल ब्यालेन्स फन्ड–१, रिलायवल डेभलपमेन्ट र एसियन लाइफ छन् । 

Tata
GBIME
Nepal Life