क्याथे प्यासिफिक एयरवेजको नयाँ स्किम ‘वानडेअफलाइन’, थप आरामदायी यात्राको अवसर दिइने

बिजमाण्डू
२०७२ भदौ १५ गते ००:०० | Sep 1, 2015
क्याथे प्यासिफिक एयरवेजको नयाँ स्किम ‘वानडेअफलाइन’, थप आरामदायी यात्राको अवसर दिइने

काठमाडौँ । क्याथे प्यासिफिक एयरवेजले नयाँ विश्वव्यापी स्किम 'वानडेअफलाइन' सञ्चालनमा ल्याएको छ । यसले एयरलाइनको अन्तर्राष्ट्रिय ब्रान्ड निर्माणमा थप सघाउ पुर्याउने कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life


सहज यात्राले जीवनलाईनै सजिलो पार्ने विश्वास अनुसार नयाँ स्किम सञ्चालन गरेको कम्पनीको भनाइ छ । नयाँ स्किम अनुसार यात्राका हर क्षणहरु वास्तविक
, अर्थपुर्ण र अविश्मरणीय बनाउने कम्पनीको दाबी छ ।

मोवाइल प्रविधीहरु सामाजिक सञ्जाल उपयोगी माध्यम भए पनि तिनीहरु गम्भिर लतको समेत जोखिम रहेको कम्पनीको भनाइ छ । यस्तोमा यात्रालाई वास्तविक क्षणमा विताएर आनन्द दिलाउन लक्ष सहित कम्पनीले अफलाइन स्किम ल्याएको हो । जसमा यात्रा अवधिभर यस्ता सबै खाले उपकरण एवं सञ्जालबाट टाढा रहेर आनन्दको जिवन जिउन कम्पनीले यात्रुलाई प्रेरित गर्नेछ ।

कम्पनीको मार्केटिङ महाप्रबन्धक जुलियन लाइडेनले वास्तविक क्षणमा सहज अनुभुती सहितको यात्रानै क्याथे प्यासेफिकको मुख्य आदर्श रहेको र नयाँ स्किम त्यसकै आधारमा आएको बताएका छन् । विश्वभरका प्रभावशाली ब्लगर, अग्रणी युट्युव र इन्ष्टाग्राम प्रयोगकर्ता एवं सेलिब्रेटीहरु यो स्किममा सहभागि हुने पनि कम्पनीले जनाएको छ ।