काल्सवर्ग गल्फ सिरिज २०१५ को दोस्रो संस्करणका खेल सुरु, उदयीमान गल्फरको सहभागिता रहने

बिजमाण्डू
२०७२ भदौ १५ गते ००:०० | Sep 1, 2015
काल्सवर्ग गल्फ सिरिज २०१५ को दोस्रो संस्करणका खेल सुरु, उदयीमान गल्फरको सहभागिता रहने
काठमाडौं । काल्सवर्ग गल्फ सिरिज २०१५ को दोस्रो संस्करणको खेल सुरु भएको छ । मंगलबारबाट दोस्रो संस्करणको खेल सुरु भएको हो । ३ वटा सिरिजको यो प्रतियोगितामा उदयीमान गल्फरको सहभागीता रहने छ ।


 
३ सिरिजमा विभाजन गरिएको प्रतियोगिताको पहिलो संस्करण गत जुनमा भएको थिया भने दोस्रो संस्करण अहिले हुन लागेको हो । अन्ति संस्करण अक्टोबरमा हुनेछ । यो गल्फ सिरिज ३÷४ ह्याण्डिक्यापका साथै स्टेबल फर्म्याटमा खेलाइने छ । 
 
हरेक सिरिजका उत्कृष्ट १० नेट स्कोरर र उत्कृष्ट ५ ग्रस स्कोररले अंक प्राप्त गर्ने र ३ वटै सिरिजपछि नेट र ग्रस विधामा सर्वाधिक अंक बटुल्ने खेलाडी नै काल्र्सबर्ग गल्फ सिरिज नेट र ग्रस विजेताकारुपमा घोषणा गरिने आयोजकले जनाएको छ । 
 
सिरिजको हरेक संस्करणमा नेट विजेता, नेट उप–विजेता, ग्रस विजेता, ग्रस उप– विजेता, महिला तर्फका विजेता, महिला तर्फका उप–विजेता, सिनियर विजेता, लङ्गेष्ट ड्राइभ, क्लोजेष्ट टु द पिन र मोष्ट बर्डिज् विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 
 
कार्यक्रममा गार्खा ब्रुअरीका प्रबन्ध निर्देशक फिलिप नोर्लेले काल्र्सबर्ग गल्फ संस्करणले लामो यात्रा तय गरेको भन्दै गल्फका शौखिनहरुको क्षमता प्रदर्शन हुने बताए । यस्तै गोर्खा बु्रअरीका बजार निर्देशक आशिष विष्टले कम्पनीले उत्कृष्ठ रुपमा प्रतियोगिता सम्पन्न गर्दै आएको बताए ।

Tata
GBIME
Nepal Life