चौधरी समूहका अध्यक्ष विनोद चौधरीलाई श्री श्री विश्वविद्यालयले दियो मानार्थ विद्यावारिधि

बिजमाण्डू
२०७२ भदौ १५ गते ००:०० | Sep 1, 2015
काठमाडौं । भारतको श्री श्री विश्वविद्यालयले चौधरी समूहका अध्यक्ष विनोद चौधरीलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ । अध्यक्ष चौधरीले समाजसेवामा पु¥याएको योगदानको कदर स्वरुप उक्त उपाधि प्रदान गरिएको हो ।

Tata
GBIME
Nepal Life


 

भारतको ओडिसामा मंगलबार आयोजित विश्वविद्यालयको दोश्रो दीक्षान्त समारोहमा अध्यक्ष चौधरीलाई उक्त उपाधि प्रदान गरिएको हो । 
विश्वविद्यालयले शिक्षा, स्वास्थ्य,खेलकुद, युवा विकास लगायतका परोपकारी काममा चौधरीको योगदान उच्च रहेको जनाएको छ । 
 
‘आर्ट अफ लिभिङ इन्टरनेशनल’ का संस्थापक तथा आध्यात्मिक गुरु श्री श्री रविशंकरको उपस्थिति र ओडिसाका मुख्यमन्त्री नवीन पटनायकको प्रमुख आतिथ्यमा सम्पन्न दीक्षान्त कार्यक्रममा विश्वविद्यालयका उपकूलपति डा. नन्दलाल, भारतका बौद्धिकवर्ग, प्राध्यापक, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति थियो । 

अध्यक्ष चौधरीले नेपालमा गत वैशाख १२ गतेको भूकम्पपछि घरविहिन बनेका १० हजार  भूकम्प पीडितहरुका लागि ‘सिजी आश्रय’ र भूकम्पबाट भत्किएका एक सय विद्यालय पुनर्निमाणका लागि ‘सिजीशिक्षालय’ जस्ता कल्याणकारी परियोजना कार्यान्वयन गरिरहेका बेला विश्वविद्यालयले उक्त उपाधि प्रदान गरेको छ । 
 
उपाधि ग्रहणका क्रममा मन्तब्य दिँदै अध्यक्ष चौधरीले ज्ञान लिएर मात्र शिक्षा आर्जनको कार्य पूर्ण नहुने र आपूmले पाएको ज्ञानलाई व्यवहारमा उतार्न सके शिक्षाले पूर्णता पाउने बताए । 
 
शिक्षा आर्जनलाई आध्यात्मसँग जोड्दै चौधरीले मानवजीवनको पूर्णताकालागि साधना, सत्संग र सेवाको सम्मिश्रण अत्यावश्यक रहेको बताएको चौधरी ग्रुपले जनाएको छ । 
 
‘हामी साझा विश्वमा बस्छौं । हाम्रो संसार यसरी जोडिएको छ कि यदि वरवरका मानिसहरु खुसी भएनन् भने तपाईं एक्लै खुसी रहन सक्नुहुन्न । त्यसैले आफ्ना वरपरका मानिसको खुसीका लागि सेवा गर्नुस्, अनि मात्र तपाईंको जीवन सुखीहुनेछ ।’
 
शिक्षाआर्जनमा जिज्ञासाको भूमिका महत्वपूर्ण हुने तर सेवाकार्यमाउत्साहको भूमिकाअहम् रहने अध्यक्षचौधरीले बताए । 
 
‘जिज्ञासाले प्रश्न उब्जाउँछ । तर उत्साहले त्यस्तो बाटो देखाउँछ जसबाट तपाई अरुको खुसीकालागि परिवर्तनकारी भूमिका खेल्न सक्नुहुन्छ । यसले तपाईंको जीवनलाई नै समाजसेवाको पूण्यतामा रुपान्तरित गरिदिन्छ ।’ 
विश्वविद्यालयका दीक्षितहरुलाई बधाई दि“दै चौधरीले भने, ‘तपाईंहरु त्यस्तो प्रकाश बन्न सक्नुहोस्, जसको उज्यालोले अलमलिएका मानिसहरुलाई सही मार्गदर्शन गरोस् ।’
 
सन् २००९ मा श्री श्री रविशंकरको परिकल्पनामा स्थापित श्री श्री विश्वविद्यालयले व्यवस्थापन, कला, स्वास्थ्य, प्राकृतिक उपचार तथा योग, पत्रकारिता, शहर विकास तथा योजनाआदिविषयमा स्नातक, स्नातकोत्तर र विद्यावारिधितहमाअध्ययनअध्यापनको कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । विश्वविद्यालयले आफू चुरोट, रक्सी र लागुपदार्थबाट मुक्त भारतको पहिलो विश्वविद्यालय भएको जनाएको छ ।