भारतको बैंगलोरमा वायुसेवा निगमको नियमित उडान सुरु, ९८ यात्रु लिएर मंगलबार उड्यो एयरबस ३२०

बिजमाण्डू
२०७२ भदौ १५ गते ००:०० | Sep 1, 2015
भारतको बैंगलोरमा वायुसेवा निगमको नियमित उडान सुरु, ९८ यात्रु लिएर मंगलबार उड्यो एयरबस ३२०
काठमाडौं । नेपाल वायुसेवा निगमले भारतको बैंग्लोरमा मंगलबारदेखि नियमित उडान थालेको छ । मंगलबार दिउँसो १ः०५ बजे ९८ यात्रु लिएर एयरबस ३२० बैंगलोरका लागि उडेको थियो ।


 
निगमले हरेक मंगलबार र शनिबार बैंगलोर उडान गर्ने उडान तालिका बनाएको छ । हाल निगमले उक्त गन्तव्यका लागि प्रवद्र्धनात्मक भाडादर कर सहित १० हजार ९२ रुपैया निर्धारण गरेको छ । साथै दोहोरो उडानको दुईटा टिकट खरीद गर्दा एकवटा टिकट सित्तैमा उपलब्ध गराउने सुविधा छ ।
 
निगमले अहिलेभन्दा १० वर्ष पहिलेसम्म बैंगलोर नियमित उडान संचालन गर्दै आएकोमा विमान नहुँदा उडान स्थगित गरेको थियो । दक्षिणी भारतका धार्मिक पर्यटक, विद्यार्थी, व्यवसायी एवं तेस्रो मुलुकका पर्यटकहरुलाई परिलक्षित गरी बैंगलोरको नियमित उडान प्रारम्भ गरिएको निगमले जनाएको छ ।
 
आगामी १८ गतेदेखि मुम्बईमा पनि नियमित उडान सुरु गर्ने निगमले जनाएको छ । अक्टोबर पछि दुवई र ग्वानजाओको उडान थाल्ने प्रक्रिया प्रारम्भ गर्ने निगमले जनाएको छ । 
 
निगमले सेप्टेम्बरभरका लागि दुईवटा दुईतर्फी टिकट किन्दा एउटा सित्तैमा दिने योजना ल्याएको छ ।

Tata
GBIME
Nepal Life