पेट्रोल डिजेल र ग्यासको मूल्य घट्यो, पेट्रोल साढे दुई रुपैयाँ, डिजेल दुई र ग्यास ३५ रुपैयाँ कम

बिजमाण्डू
२०७२ भदौ १५ गते ००:०० | Sep 1, 2015

काठमाडौं । नेपाल आयल निगमले फेरी पेट्रोलियाम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर साढे दुई रुपैयाँ घटाएको छ भने डिजेल र मट्टितेलमा दुई रुपैयाँका दरले मूल्य घटाएको छ । त्यसैगरी खाना पकाउने एलपिजी ग्यासमा प्रतिसिलिण्डर ३५ रुपैयाँ घटाउने निर्णय गरेको छ ।

Tata
GBIME
Nepal Life

निगमलाई सेप्टेम्वर १ मा भारतको इण्डियन आयल कर्पोरेशनले मूल्य कम गरेर पठाएपछि नेपाल आयल निगमले पनि मूल्य समायोजन गरेको हो । पेटलियम पदार्थको मूल्य घटाउँदा पनि निगमलाई मासिक ८७ करोड नाफा हुने निगमका प्रवक्ता दिपक बरालले जानकारी दिए ।

मूल्य घटेपछि पेट्रोल १०४ रुपैयाँ, डिजेल र मट्टितेल ८२ रुपैयाँ र ग्यास प्रतिसिलिण्डर १४ सय रुपैयाँ उपलब्ध हुनेछ ।