सिद्धार्थ ग्रोथ स्किम–१ का लगानीकर्ताले १५ प्रतिसतका दरले नगद लाभांस पाउने, दसैं अघि नै नगद

बिजमाण्डू
२०७२ भदौ १५ गते ००:०० | Sep 1, 2015
काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले सिद्र्धाथ ग्रोथ स्किम–१का लगानीकर्ता १५ प्रतिसत नगद लाभांस दिने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले नगद लाभांस दिने निर्णय गरेको हो ।
सिद्धार्थ ग्रोथ स्किम–१ सिद्धार्थ म्युचुअल फण्डको पहिलो योजना हो । लगानीकर्ताले गत वर्ष पनि १५ प्रतिसत नगद लाभांस पाएका थिए । यो योजना तीन वर्ष अघि घोषणा गरिएको हो । 
 
सामूहिक लगानी कोषले नयाँ आर्थिक वर्ष समाप्त हुनासाथ नगद लाभांस घोषणा गर्न लागेका हुन् । नविल इन्भेष्टमेन्टले गत साता नगद लाभांस घोषणा गरिसकेको छ । 
 
सिद्र्धाथ ग्रोथ स्किम–१का लगानीकर्ताले प्रतियुनिट १५ प्रतिसत अर्थात एक सय युनिट हुनेले १५ रुपैयाँका दरले लाभांस पाउनेछन् । यो कम्पनीले दसै अघि नै लगानीकर्तालाई लाभांस बाड्ने छ । बुक क्लोज गरेपछि धितोपत्र बोर्डलाई जानकारी दिएर कम्पनीले लाभांस बाड्न पाउँछ । यो स्किल सात करोड ५० लाख रुपैयाँको हो ।
 

Tata
GBIME
Nepal Life