सुनको भाउ फेरि ५१ हजारबाट ओर्लियो, तोलाको ५० हजार ८ सयमा किनबेच, चाँदीको भाउ ६७५ रुपैयाँ

बिजमाण्डू
२०७२ भदौ १६ गते ००:०० | Sep 2, 2015
सुनको भाउ फेरि ५१ हजारबाट ओर्लियो, तोलाको ५० हजार ८ सयमा किनबेच, चाँदीको भाउ ६७५ रुपैयाँ

काठमाडौं । सुनको भाउ फेरि ५१ हजार रुपैयाँबाट तल झरेको छ । मंगलबार बढेर ५१ हजार पुगेको सुनको भाउ बुधबार तोलामा २ सय ५५ रुपैयाँले घटेर ५० हजार ८ सयमा आइपुगेको हो ।

Tata
GBIME
Nepal Life

यसअघि सोमबार सुनको भाउ तोलाको ५० हजार ८ सय ५० रुपैयाँ थियो । मंगलबार एक दिन बढेपनि बुधबार फेरि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदी पनि सस्‍तो भएको छ । चाँदी तोलामा ५ रुपैयाँले सस्तो हुँदै ६ सय ७५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।