सामसुङका अत्याधुनिक मोवाइल अग्रिम बुकिङ गर्नेलाई उपहार, पण्डितले जिते एलइडी टिभी

बिजमाण्डू
२०७२ भदौ १६ गते ००:०० | Sep 2, 2015

काठमाडौँ । सामसुङ नेपालले ग्यालेक्सी एस सिक्स र एस सिक्स एज अग्रिम बुकिङ गर्ने मध्येका भाग्यशाली बिजेता चयन गरेको छ । अग्रिम बुकिङ गर्ने मध्ये एक जनालाई ४० इन्चको सामसुङ एलइडी टिभी, दुई जनालाई ग्यालेक्सी नोट प्रो र पाँच जनालाई सामसुङ भ्याकुम क्लिनर उपहार दिइएको हो ।

Tata
GBIME
Nepal Life

गोलाप्रथामा बिनोद पण्डितले एलइडी टिभी जिते । ज्योती पाण्डे र अर्चना टपरियाले ग्यालेक्सी नोट प्रो प्राप्त गरेका छन्‍ । भ्याकुम क्लिनर जित्ने पाँच भाग्यशालीमा केशवराज महर्जन, अनु शाह, रोशनी श्रेष्ठ, राजकपुर श्रेष्ठ र कमल घिमिरे छन् ।

सामसुङले हालै बजारमा ल्याएका नयाँ मोबाइल सेटका लागि गत १६ अप्रिलमा अग्रिम बुकिङ सुरु गरेको थियो । कम्पनीले मंगलबार गोलाप्रथा मार्फत बिजेता चयन गरेको हो ।