१७ वर्ष उमेर पूरा गरेको गुगलको यस्तो छ नयाँ लोगो, मोबाइल पुस्ता लक्षित गरेर लोगो परिवर्तन

बिजमाण्डू
२०७२ भदौ १६ गते ००:०० | Sep 2, 2015
१७ वर्ष उमेर पूरा गरेको गुगलको यस्तो छ नयाँ लोगो, मोबाइल पुस्ता लक्षित गरेर लोगो परिवर्तन

सान फ्रान्सिस्को । डेक्सटप जमानाको गुगलले आफूलाई मोबाइल पुस्ता लक्षित गरेर लोगो परिवर्तन गरेको छ। १७ वर्ष उमेर पूरा भएको गुगलले प्रयोग गर्दै आएको चार रङलाई यथावत राखेको भए पनि यसको फन्ट फेरेको छ।

Tata
GBIME
Nepal Life

सफ्ट स्यान्स-सेरिफ फन्ट गुगलमा देख्न सकिनेछ। सर्च इन्जिनमा विश्व बजारमा पहिलो स्थानमा रहेको गुगलले अनलाइनमा आधारित अन्य सेवा पनि उपलब्ध गराउँदै आएको छ। स्मार्टफोन र ट्याब्लेट तथा घडीसमेत यस कम्पनीले उत्पादन गरेको छ।

गुगलको नयाँ लोगो क्रमश: सबै प्रडक्टमा देखिने छ। अहिले पनि गुगलका सबै प्रयोगकर्ताले नयाँ लोगो देख्न सक्नेछैनन्। केही सातामा नयाँ लुक्स सबैसामु हुनेछ।

'हामी नयाँ लोगोबाट गुगल परिवारको परिचय दिन चाहन्छौं। सानो स्क्रिनमा पनि गुगलले कसरी काम गरिरहेको छ भन्ने बुझाउन चाहन्छौं,' क्यालिफोर्नियामा आधारित कम्पनीले आफ्नो ब्लगमा भनेको छ, 'सिंगल डेक्सटप ब्राउज गर्नका लागि हामीले गुगल र यसको लोगोको ब्रान्डिङ गरेका थियौं अहिले त्यसलाई असंख्य डिभाइसमा प्रयोग गराउन खोजेका हौं।'

सन् २०१० यता विश्वको सबैभन्दा बढीले प्रयोग गर्ने वेबसाइट रहँदै आएको गुगलले नयाँ डिजाइन प्रयोगकर्तामैत्री र गुगल प्रडक्टहरुलाई एकैसमय मल्टिपल डिभाइसमा प्रयोग गर्न सकिने बनाएको हो।

इन्टरनेटमा आधारित व्यापारमा उत्कृष्ट रहँदै आएको गुगलले पछिल्ला दिनहरुमा विभिन्न क्षेत्रमा लगानी गरेको थियो। उसका परियोजनाहरुमा सेल्फ ड्राइभिङ कार, गुगल कार, इन्टरनेट बेलुन, ड्रोन, हेल्थ केयर, गुगल टिभी, मोबाइल पेमेन्ट आदि हुन्।