सेयर बजार १५ अंकले घट्यो, बीमा समूहको सूचकमात्रै १७५ अंकले गिरावट, बैंक पनि ओर्लियो

बिजमाण्डू
२०७२ भदौ १६ गते ००:०० | Sep 2, 2015
सेयर बजार १५ अंकले घट्यो, बीमा समूहको सूचकमात्रै १७५ अंकले गिरावट, बैंक पनि ओर्लियो


काठमाडौं । बैंक तथा बीमा समूहको सूचक ओरालो लाग्दा नेपाल स्टक एक्सचेन्ज नेप्से बुधबार १५ अंकले घटेको छ । ३७ कोड ६० लाख रुपैयाँ कारोबार भएको बैंक समूहको सूचक २० अंकले र ८ करोड १० लाख रुपैयाँ कारोबार भएको बीमा समूहको सूचक १७५ अंकले घट्दा बजार ओरालो लागेको हो ।
 
बुधबार होटल, जलविद्युत तथा विकास बैंक समूहको सूचक पनि दोहोरो अंकले नै घटेको छ । होटलको सूचक ३० अंकले, विकास बैंकको ११ अंकले तथा जलविद्युतको २१ अंकले सूचक घटेको हो । उत्पादन समूह र अन्य समूहको सूचक भने बढेको छ ।

Tata
GBIME
Nepal Life


 
बुधबार १३३ कम्पनीको ७० करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ । त्यो मध्ये सबैभन्दा धेरै एभरेष्ट बैंकको सेयर कारोबार भएको छ । एभरेष्टको १५ करोड रुपैयाँ कारोबार भएको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर ५ करोड २९ लाख, नबिल बैंकको संस्थापक सेयर ५ करोड १४ लाख रुपैयाँको किनबेच भएको छ ।
 
बुधबार धेरै कमाउने कम्पनीको सूचीमा विकास बैंकहरु अगाडि रहे । विराटलक्ष्मी विकास बैंक, कन्ट्री डेभलपमेन्ट बैंक, काबेली विकास बैंकलगायतका विकास बैंकका लगानीकर्ताले धेरै कमाएका छन् । युनिलिभर र टेलिकमका लगानीकर्ता पनि कमाउने मध्येमा परेका छन् ।
 
धेरै गुमाउने कम्पनीको सूचीमा पनि विकास बैंकका लगानीकर्ता नै छन् । सिद्धार्थ डेभलपमेन्ट बैंक, सेवा विकास बैंक, बिजनेश युनिभर्सल डेभलपमेन्ट बैंक लगायतका बैंकका लगानीकर्ताले गुमाएका छन् ।