बिके श्रेष्ठले एभरेष्टको एक लाख ६० हजार भन्दा धेरै कित्ता सेयर बेचे, अर्को सस्था किन्ने योजना

बिजमाण्डू
२०७२ भदौ १६ गते ००:०० | Sep 2, 2015
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार एभरेष्ट बैंकको मात्र १५ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुल ७० करोड ७१ लाख रुपैयाँको कारोबार भएको बजारमा एभरेष्टले मात्र २२ प्रतिशत हिस्सा ओगटेको छ । 
एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले आफ्नो मातहतमा रहेका ४८ हजार कित्ता सेयर बुधबार बिक्री गरेका हुन् । ५६ नम्बर ब्रोकरबाट सबै सेयर बिक्री भएको हो । श्रेष्ठ मातहत रहेको सेयरमध्ये ठूलो हिस्सा नेपाल लाइफ इन्स्योरेन्सले खरीद गरेको हो । 
 
नेपाल लाइफले प्रतिकित्ता ३२ सय रुपैयाँका दरले सबै सेयर खरीद गर्ने समझदारी भएपनि खरीदका लागि खुद्रा लगानीकर्ता आएपछि मूल्य ३३ सय रुपैयाँसम्म पुगेको हो । बैंकको अन्तिम मूल्य ३२ सय २८ रुपैयाँ कायम भएको छ । श्रेष्ठले साधारण सेयर बेचेको कारण स्वामित्वकाे सं‌रचनामा कुनै परिवर्तन हुँदैन । 
 
गत बिहीबारदेखि श्रेष्ठले आफ्नो मातहतको सेयर बिक्री गरेका हुन् । उनी सेयर बिक्री सम्झौता सकेर दिल्ली गइसकेका छन् । बिहीबार उनले एक लाख १० हजार कित्ता र सोमबार १९ हजार २६ कित्ता सेयर बिक्री गरेका हुन् । उनले नातिको नाममा रहेको सेयर विक्री गरेका हुन् । एउटै व्यक्ति मातहत रहेको एभरेष्टको ६० करोड हाराहारीको सेयर बिक्री भइसकेको छ ।
 
यस्तो छ कारण ?
नेपाल राष्ट्र बैंकले दुई बर्षमा चार गुणाले पुँजी बृद्धि गर्नु पर्ने नीति लिएपछि श्रेष्ठले ठूलो मात्रामा सेयर बिक्री गरेका हुन् । उनले यो सेयर विक्रीबाट आएको रकम अर्को संस्थामा लगाउने छन् । 
खरीदको सम्भावना रहेको अर्को बैंकमा श्रेष्ठले आफ्नो लगानी बढाएर त्यही कम्पनी एभरेष्ट बैंकलाई किनाउने छन् । जसले गर्दा बैंकको सेयर संरचना खासै परिवर्तन हुँदैन भने आफूलाई काम लाग्ने कर्मचारीहरु मात्र तान्न पाइन्छ ।
 
अहिले बैंकको जगेडा कोषबाट वोनस सेयर जारी गर्न पाइँदैन । अर्को संस्था खरीद गर्दा भने जगेडा कोषको रकमबाट भुक्तानी गर्न सकिन्छ । श्रेष्ठले घुमाउरो बाटोबाट जगेडा कोषको रकम चुक्ता पुँजीमा परिणत गर्न पनि यो रणनीति अगाडि वढाएका हुन् ।
 
एभरेष्ट बैंकले आफूभन्दा कमजोर संस्था खरीद गर्ने भएकाले त्यसको सेयर स्वाप रेसियो सस्तो हुन्छ । अहिले बिक्री गरेको रकमबाट सस्तो सेयर खरीद गरेर एभरेष्टमा बिक्री गराउँदा श्रेष्ठको सेयर संरचना थप मजबुत हुन्छ भने उनले अतिरिक्त आम्दानी पनि गर्ने छन् । 

Tata
GBIME
Nepal Life