प्रभु बैंकले ल्यायो इम्प्लोइ बैंकिङ योजना, ५ जना भन्दा धेरै कर्मचारी भएका संस्थाले सुविधा पाउने

बिजमाण्डू
२०७२ भदौ १६ गते ००:०० | Sep 2, 2015
प्रभु बैंकले ल्यायो इम्प्लोइ बैंकिङ योजना, ५ जना भन्दा धेरै कर्मचारी भएका संस्थाले सुविधा पाउने
काठमाडौं । प्रभु बैंकले संस्थागत ग्राहक तथा त्यस्ता संस्थाहरुमा कार्यरत कर्मचारीलाई लक्षित गर्दै प्रभु इम्प्लोइ बैंकिङ योजना सञ्चालनमा ल्याएको छ । विभिन्न कम्पनी, संस्थान, कल कारखाना, स्कुल कलेज, सरकारी तथा गैह्र सरकारी संस्थामा कार्यरत कर्मचारीको तलब ब्यवस्थापन बैंकिङ्ग प्रणाली अन्तर्गत व्यवस्थित गर्ने उद्देश्यले यो योजना ल्याइएको बैंकले जनाएको छ । 
यो योजनामा सहभागी हुन चाहने कम्पनीमा कम्तीमा ५ भन्दा बढि कर्मचारी हुनुपर्ने बैंकले जनाएको छ । बैंकमा खोलिएको कर्मचारीको खातामा सम्बन्धित संस्थाले उपलब्ध गराएको विवरणको आधारमा बैंकले तलब जम्मा गरिदिने व्यवस्था मिलाएको प्रभु बैंकले जनाएको छ । 
 
यो योजना अन्तर्गत संस्थाको प्रकृति अनुसार कर्मचारीलाई बैंकबाट शून्य मौज्दातमा खाता खोली निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, अन्तरशाखा कारोबार, इन्टरनेट बैंकिङ्ग लगायतका सुविधा दिइने प्रभु बैंकले जनाएको छ । यस्तै मोवाइल बैकिङ्ग, लकर, ड्राफ्टलगायतका सेवामासमेत छुटको व्यवस्था गरिएको प्रभु बैंकले जानकारी दिएको छ । 
 
यो योजनामा सहभागी कर्मचारीले बैंकमार्फत् जीवन बीमा गराउन चाहेमा बीमा बापतको प्रिमियममा समेत छुट पाउनुक  साथै घर तथा सवारी साधन जस्ता कुनैपनि उपभोग्य कर्जा लिन चाहेमा बैंकले विशेष प्रथमिकता दिइ सहुलियत दरमा उपलव्ध गराउने प्रभु बैंकले जनाएको छ । 

Tata
GBIME
Nepal Life