इपिएस अन्तर्गत कोरियन भाषा परीक्षाको केन्द्र तोकियो, काठमाडौंमा १५ र पोखरामा ३ केन्द्र तोकियो

बिजमाण्डू
२०७२ भदौ १६ गते ००:०० | Sep 2, 2015
इपिएस अन्तर्गत कोरियन भाषा परीक्षाको केन्द्र तोकियो, काठमाडौंमा १५ र पोखरामा ३ केन्द्र तोकियो
काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया जान चाहेनेका लागि असोजमा हुने परीक्षाको केन्द्र तोकिएको छ । असोज दुई र तीन गते कोरियन भाषा परीषा हुनेछ । 
 
इपिएस कोरिया शाखाले दुई दिन दुई वटा सिफ्टमा परीक्षा सञ्चालन गर्ने जानकारी पनि दिएको छ । भाषा परीक्षा काठमाडौं र पोखरामा हुनेछ । काठमाडौं भित्र १५ स्थानमा परीक्षा सञ्चालन हुनेछ भने पोखरामा तीन स्थानमा सञ्चालन हुने जानकारी पनि इपिएस कोरिया शाखाले दिएको छ । 
 
लिटिल एन्जल्स कलेज र स्कुल, हिमालयन ह्वाइट हाउस कलेज, एनकेसिंह मेमोरियल स्कुल, भिएस निकेतन कलेज, युनिभर्सल कलेज, रेडन कलेज, रेडियन्ट रिडर्स एकेडेमी, आइडियल मोडल स्कुलमा परीक्षा केन्द्र तोकिएको छ । त्यस्तै एलआरआई स्कूल, ल्याब्रोटोरी स्कुल, जेभियर इन्टरनेशनल कलेज, ह्वाइट हाउस इन्सटिच्युसन अफ साइन्स एण्ड टेक्नोलोजी र गोल्डेन गेट इन्टरनेशनल कलेजमा परीक्षा केन्द्र तोकिएको छ । 
 
पोखरामा भने लिटिल स्टेप हाइएर सेकेन्डरी स्कूल, स्टेप बाइ स्टेप हाइएर सेकेन्डरी स्कूल र ग्लोबल कलिजियट हाइएर सेकेन्डरी स्कूल परीक्षा केन्द्र तोकिएको छ । 
 
भाषा परीक्षामा अधिकतम अंक ल्याउने परिक्षार्थीहरु कोरिया जाने रोष्टरमा समावेश हुन्छन् । कोटा अनुसार रोष्टरबाट कामदार पठाइन्छ ।

Tata
GBIME
Nepal Life