सिटिजन्स बैंकले २० प्रतिसत बोनस दिने, र १.०५ प्रतिशत नगद लाभांस घोषणा गर्ने पहिलो बैंक

बिजमाण्डू
२०७२ भदौ १६ गते ००:०० | Sep 2, 2015
सिटिजन्स बैंकले २० प्रतिसत बोनस दिने, र १.०५ प्रतिशत  नगद लाभांस घोषणा गर्ने पहिलो बैंक
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले लगानीकर्तालाई २० प्रतिसत बोनस सेयर दिने घोषणा गरेको छ । बैंकले बुधबार लाभांस घोषणा गरेको हो । 
 
यस पटक लाभांस घोषणा गर्ने यो पहिलो बैंक हो । कर प्रयोजनका लागि १.०५ प्रतिसत नगद लाभांस दिने प्रस्ताव पनि गरेको छ । 
नेपाल राष्ट्र बैंकबाट अनुमति र बैंकको नवौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि बैंकले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश दिनेछ । बैंकको बुधबार बसेको लाभांसको निर्णय गरेको हो । आर्थिक वर्ष २०७१/७२ को नाफाबाट बैंकले लाभांस दिन लागेको हो । 
 
हाल बैंकको चुक्ता पुँजी दुई अर्ब ५५ करोड ४३ लाख रुपैयाँ छ । बोनस सेयर वितरण पछि चुक्ता पुँजी बढेर तीन अर्ब ६ करोड ५२ लाख रुपैयाँ पुग्नेछ । गत बर्ष यो बैंकले १३ प्रतिसत बोनस सेयर दिएको थियो । 
 
आर्थिक वर्ष २०७१/७२ मा थप सात अर्व ८२ करोड निक्षेप परिचालन गरी कूल निक्षेप  ३५ अर्व ७८ करोड रुपैयाँ पुर्याएको छ । कर्जा लगानी तर्फ थप ६ अर्व तीन करोड वृद्धि गरी २९ अर्व २० करोड रुपैयाँ पुर्याएको छ । त्यस्तै बैंकको संचालन नाफामा ९१प्रतिसतले र खुद नाफामा ४४.६१ प्रतिसतले वृद्धि गरेको थियो । बैंकको खुद नाफा ७२ करोड तीन लाख रुपैयाँ पुगेको हो । 
 

Tata
GBIME
Nepal Life