स्ट्यान्डर्ड चार्डर्ड बैंक र कतार एयरवेजबीच व्यवसायीक डिल, बैंकका प्राथमिक ग्राहकलाई सहुलियत

बिजमाण्डू
२०७२ भदौ १६ गते ००:०० | Sep 2, 2015

काठमाडौँ । स्ट्यान्डर्ड चार्डर्ड बैंक र कतार एयरवेजले बैंकका प्राथमिक ग्राहकलाई सहुलियत दिने सम्झौता गरेका छन् ।

Tata
GBIME
Nepal Life

अब स्ट्यान्डर्ड चार्डर्डका प्राथमिक ग्राहकले कतार एयरवेज मार्फत यात्रा गर्दा इकोनोमी क्लासमा सात प्रतिशत र बिजनेश क्लासमा १० प्रतिशत पाउने जनाइएको छ ।

काठमाडौँबाट विश्वका एक सय ५१ गन्तव्यमानै उडान गर्दा यो सहुलियत प्राप्त हुने जनाइएको छ । यो प्रकृयामा बैंक र एयरवेजले विषेश सियुजी (क्लोज्ड युजर ग्रुप पेज) सञ्चालन गर्नेछन् ।

स्ट्यान्डर्ड चार्डर्डका प्राथमिक बैंकिङ कार्ड वाहकले वेब पेज या एयरलाइन्सको सिटी अफिस मार्फत यो सेवा लिन सक्नेछन् ।