टाटाको नक्सालमा कार मेला, ९० प्रतिशतसम्म फाइनान्स र बीमा सुविधा, दुवई ट्रिपको अवसर समेत

बिजमाण्डू
२०७२ भदौ १६ गते ००:०० | Sep 2, 2015
टाटाको नक्सालमा कार मेला, ९० प्रतिशतसम्म फाइनान्स र बीमा सुविधा, दुवई ट्रिपको अवसर समेत
काठमाडौं । सिप्रदी ट्रेडिङ्गले वार्षिक आयोजना गर्दै आएको टाटा मोटर्स् कार मेला सिजन ३ बुधवारबाट काठमाडौंको नक्सालमा  शुरु भएको छ । 
 
पूर्ण पारिवारिक माहोलमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएको मेलामा टाटा पेसेन्जर गाडी उपलब्ध छन् । विभिन्न रेन्जमा उपलब्ध यी गाडी मेलामा बिना झन्झट एक्सचेन्ज गर्न सकिने कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ । 
 
त्यसैगरी एक्सचेञ्जमा ९० प्रतिशतसम्म फाइनान्स सुविधा, गाडीको बीमा सुविधा पनि उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ । मेलामा फुड स्टल, बी–बोईङ्ग, नेल पेन्टिङ्ग, गेम स्टल एवं खेल प्रतियोगिता पनि छन् । 
 
मेलामा भाग्यशाली विजेतालाई निःशुल्क गाडी बीमाको सुविधा, निशुल्क इन्भर्टर, मोबाइल सेट र दुई जोडीलाई दुबई ट्रिप समेत प्रदान गरिनेछ । विशेष गरि टाटाका कार र यूभि प्रयोकर्ताका लागि लक्षित गरिएको मेलामा दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । चार दिने मेलामा तीन हजारभन्दा बढी दर्शकको सहभागि हुने अपेक्षा कम्पनीले गरेको छ । 
 

Tata
GBIME
Nepal Life