जियोनीको एफ १०३ नेपालमा लञ्च हुँदै, मिरर डिजाइन, पाँच इन्च स्क्रिन, मूल्य १६ हजार रुपैयाँ

बिजमाण्डू
२०७२ भदौ १६ गते ००:०० | Sep 2, 2015
जियोनीको एफ १०३ नेपालमा लञ्च हुँदै, मिरर डिजाइन, पाँच इन्च स्क्रिन, मूल्य १६ हजार रुपैयाँ
काठमाडौं । चिनियाँ मोवाइल ब्राण्ड जियोनीले एफ १०३ मोडलको मोवाइल नेपाली बजारमा ल्याउने भएको छ । यो मोडेल आकर्षक हुनुका साथै प्रयोगमा पनि उत्कृष्ट भएको दावी कम्पनीको छ । 
मिरर डिजाइनमा रहेको एफ १०३ को पछाडिको कभर पोलिस गरिएको सिसामा छ । त्यसैगरी फोनमा सिल्भर मेटल कोटिङ्ग फ्रेम पनि रहेको कम्पनीले जानकारी दिएको छ । 
 
डायमण्ड आकारमा भएका कारण फोनलाई सजिलै समात्न सकिने कम्पनीले जानकारी दिएको छ । जियोनीको एफ १०३ मा दुई वटा सिम लाग्छन् । ती दुवै सिम फोर जीमा चलाउन सकिने कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ । 
 
एचडिआईपीएसमा पाँच इन्चको स्क्रिन रहेको यो मोवाइलमा (१२८०*७२०) डिस्प्ले छ । एफ १०३ मा १.३ गिगाहर्जको क्वाड कोर प्रोसेसर छ  । एण्ड्रोइड ५.० मा आधारित यो फोनमा जियोनीको आफ्नै सफ्टवेर अमिगो ३.० छ । फोनमा १६ जीबिको इन्टरनल मेमोरी कार्ड छ भने यसलाई १२८ जीबिसम्म विस्तार गर्न सकिनेछ । 
 
दुई जीबि ¥याममा उपलब्ध एफ १०३ मा थ्रीडि सराउन्ड साउण्ड हुने र यसमा चलचित्र हेर्न मजा आउने कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ । पछिल्लो भागमा आठ मेगापिक्सलको  क्यामेरा रहेको यो मोवाइलको अघिल्लो भागमा पाँच मेगापिक्सलको क्यामेरा छ ।
 
२४०० एमएएचको ब्याट्रीमा उपलब्ध एफ १०३ मा एक्स्टिम मोडमा पनि सञ्चालन गर्न सकिन्छ । यसबाट पाँच प्रतिशत ब्याट्रीमा पनि फोनलाई १६ घण्टाको स्ट्यान्ड बाइ टाईम र एक घण्टा ३० मिनेट टक टाईम प्रदान गर्नेछ । स्क्रिन बन्द हुँदा समेत फोनमा जेस्चर कन्ट्रोल उपलब्ध हुनेछ । जियोनी एफ १०३ नेपालमा १५ हजार ९९९ रुपैयाँमा उपलब्ध हुने पनि जारी प्रेस विज्ञप्तिमा छ । 
 

Tata
GBIME
Nepal Life