सरकारले सात वर्षपछि ल्यायो नयाँ वाणिज्य नीति, निकासी बढाएर व्यपार घाटा कम गर्ने उद्देश्य

बिजमाण्डू
२०७२ भदौ १६ गते ००:०० | Sep 2, 2015
सरकारले सात वर्षपछि ल्यायो नयाँ वाणिज्य नीति, निकासी बढाएर व्यपार घाटा कम गर्ने उद्देश्य


काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्रालयले निकासी प्रवर्द्धनमार्फत राष्ट्रिय अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाई समृद्धि हासिल गर्ने लक्षसहित नयाँ वाणिज्य नीति सार्वजनिक गरेको छ ।

Tata
GBIME
Nepal Life

मन्त्रालयले आपूर्तिजन्य क्षमताको सुदृढिकरण गर्ने र विश्व बजारमा मूल्य अभिवृद्धियुक्त प्रतिस्पर्धी वस्तु र सेवाको निकासी बढाई ब्यापार घाटा कम गर्ने र क्षेत्रीय तथा विश्व बजारमा वस्तु, सेवा र बौद्धिक सम्पत्तिको पहुँच वृद्धि गर्ने उद्देश्यसहित नयाँ नीति सार्वजनिक गरेको छ ।

मन्त्रालयले  व्यापार घाटा कम गर्ने, तुलनात्मक र प्रतिस्पर्धी लाभका वस्तुको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गरी निर्यात प्रवर्द्धन गर्ने, अर्थतन्त्रको मुख्य संवाहकको रुपमा व्यापारलाई मूलप्रवाहीकरण गर्ने रणनीति पनि नयाँ नीतिमार्फत लिएको छ ।

नयाँ नीतिमार्फत सरकारले विशेष आर्थिक क्षेत्र आसपासका क्षेत्रमा निकासीजन्य उद्योगलाई कच्चा तथा अर्धप्रशोधित सहायक वस्तु उपलब्ध गराउने उद्योग स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने जनाएको छ ।

पढ्नुहोस नयाँ नीतिको पूर्ण पाठ: