स्टार्टप्स: २१ बर्षे ठिटोको २२ सय होटलको चेन, मसिक आम्दानी मात्रै ३५ लाख डलर

बिजमाण्डू
२०७२ भदौ २२ गते ००:०० | Sep 8, 2015
स्टार्टप्स: २१ बर्षे ठिटोको २२ सय होटलको चेन,  मसिक आम्दानी मात्रै ३५ लाख डलर

Tata
GBIME
Nepal Life

किंजल पाण्डेय/बिबिसी
१८ वर्षीय रितेश अग्रवाल एक रात भारतको नयाँ दिल्लीमा रहेको आफ्नो अपार्टमेन्टबाट बाहिर निस्कँदै थिए । खास ठुलो घटना थिएन तर अनपेक्षित, जसले उनको जिन्दगीमा पुरै बदलाव ल्याइदियो ।

त्यतिबेला उनी होटलमा चेक गर्न बाध्य पारिए, जुन कुरा उनले भारत यात्राका क्रममा पहिले नै भोगिसकेका थिए र उनका लागि कुनै नौलो थिएन । 'होटलकी रिसेप्सनिष्ट सुतिरहेका थिए,' उनी सम्झन्छन्, 'कोठा भित्रका सकेटहरुले काम गरिरहेका थिएनन्, तन्नाहरु यत्रतत्र फैलिएका थिए, बाथरुम चुहिएका थिए र उनीहरुले मेरो कार्डबाट कहिल्यै पनि भुक्तानी लिएनन् ।'

'मैले सोचें यो समस्या मेरै थियो, यो समस्या म जस्ता धेरै पर्यटकले व्यहोर्दै आएका छन्,' उनी भन्छन्, 'भारत किन उपयुक्त मूल्यमा पर्यटकलाई स्तरीय होटलका कोठाहरु उपलब्ध गराउन सक्दैन ?'

तीन वर्ष पछि उनी २१ वर्षका भएका छन्, उनै अग्रवाल अहिले 'ओयो रुम्स'का संस्थापक तथा प्रमुख कार्यकारी छन् । उनले बनाएको यो नेटवर्कभित्र अहिले भारतका १ सय भन्दा धेरै सहरमा सञ्चालित २२ सय होटलहरु आवद्ध छन् । जसको मासिक आम्दानी मात्रै ३५ लाख डलर अर्थात ३६ करोड रुपैयाँ भन्दा धेरै छ भने १५ सय कामदार कार्यरत छन् ।

अग्रवालको यो ओयो रुम्सभित्र भारतभित्र ब्राण्ड नबनाइ सकेका होटलहरु छन् । उनको संस्थाले ती होटलका सुविधा बढाउने, कर्मचारीलाई तालिम दिने र आफ्नै नामबाट ब्राण्ड बनाउन सहयोग गर्छन् । ओयो रुम्सले यसबापत होटलहरुको आम्दानीबाट निश्चित प्रतिशत रकम लिँदै आएको छ ।

अहिले तिनै होटलहरुको 'अकुपेन्सी रेट' उच्च भएको छ भने सञ्चालकहरुले निकै फाइदा पनि लिने गरेका छ्न् र उनीहरु ओयोलाई धन्यवाद दिन थालेका छन् ।

यो विजनेशका एक पात्र, अग्रवालले छुट्टै एप पनि बनाएका छन् । जुन एप होटलका पाहुनाले कोठा बुक गर्न, होटलको दिशा पत्ता लगाउन तथा होटलका सुविधाहरुबारे थाहा पाउन पनि सजिलो हुन्छ ।

कठिन यात्रा
उनको यो सफलताका बाबजुद उनले यो यात्रामा धेरै नै कठिनाइहरु भोगेका छन् । 'प्रविधिबाट विजनेश गर्न सकिन्छ भनेर सुरुमा कसैले पनि पत्याएन,' उनी पुराना दिन सम्झन्छन् ।

तर केहि मानिसले भने उनलाई सुरुमा विश्वास पनि गरेका थिए । उनले सुरुमा यो विजनेश सुरु गर्न थिल फेलोसिप पनि पाए । यसमा पेपल र फेसबुकका सुरुवाती लगानीकर्ता पिटर थिलले लगानी गरेका थिए । यो फेलोसिपले हरेक वर्ष पढाइ रोकेर विजनेश सुरु गर्न सहयोग गर्छ । उनले पनि सुरुमा यही फेलोसिपको रकम बिजनेश सुरु गर्न प्रयोग गरेका थिए ।

उनको यो कम्पनी २०१३ मा सुरु भएको थियो । मासिक ९ सय डलबाट काम सुरु भएको थियो । उनले दिल्ली नजिकै गुणगाउँको एउटा होटलबाट काम थालेका थिए ।

'म त्यो होटलको म्यानेजर, इन्जिनियर रिसेप्सनिष्ट पनि भएँ, होटलका कोठाहरुमा खानेकुरा लगायतका सामग्री आपूर्ति पनि गरें,' उनी सम्झन्छन्, 'रातिको समयमा मैले हाम्रो एप बनाउन कोडहरु लेख्ने र वेवसाइटलाई राम्रो बनाउन काम गरें । त्यतिबेला मैले बलियो टोली पनि बनाएँ, जसले हामीलाई आजको स्थानसम्म ल्याउन सहयोग गर्‍यो ।'

उनको यो सोचले भारतमा कम लगानीका 'बजेट होटल'का लगानीकर्तालाई होटल राम्रो बनाउन अभिप्रेतिर गर्‍यो । जसले भारतका केही खराब अवस्थाका बजेट होटलको अवस्था पनि परिवर्तन गर्‍यो ।

'मैले हाम्रा लगानीकर्तालाई पहिलो पटक हामीले विकास गरेको होटलमा पुर्‍याएँ र उनलाई त्यहाँको अवस्थाबारे पनि जानकारी गराएँ, त्यसअघि त्यो होटलमा निकै ठुला समस्या थिए, उनी हाम्रो काम प्रति सन्तुष्ट भए र फरक काम र सोचका लागि आफूले गरेको लगानीबाट पनि सन्तुष्ट भए,' अग्रवाल भन्छन् ।

अहिले उनको विजनेश बढिसकेको छ । यसले अहिले अन्य लगानीकर्ता पनि सजिलै तान्न थालेको छ र कम्पनीले जापानी सफ्टबैंकबाट १० करोड डलर ऋण पनि लिन सफल भएको छ ।

विजनेश सुरु गर्दा अग्रवाललाई धेरैले पागल पनि भने । 'हो यो पागलपन नै थियो तर संभव पनि थियो, तपाईंले कुनै कुरालाई पागलपन सम्झेर गर्नुभयो भने अवस्य पनि त्यो चिज संभव पनि हुन्छ,' उनी भन्छन् ।

कलेज छोडेर बिजनेश सुरु गर्नु अवस्य पनि सानो कुरा थिएन त्यो पनि १७ वर्षकै उमेरमा । तर पनि उनी यो उमेरमै बैंकबाट पत्याउनु र कर्मचारी हाएर गर्नु निकै चुनौतिपूर्ण ठान्छन् । त्यति मात्रै होइन केही मानिसहरुले उनको यो उमेरबाट केही फाइदा पनि लिन खोजे जुन कुरा उनकै लागि पनि निकै चुनौतिपूर्ण थियो नै ।

'केही मानिसहरु आफ्नो अल्पकालीन फाइदाका लागि मसँग काम गर्न पनि आइपुगेन, तर मैले केही यस्ता असल मान्छे भेटें, उनीहरुको काम र अनुभवले मलाई जस्तोसुकै समस्या पनि टाढ लैजान सहयोग गर्‍यो,' अग्रवाल आफ्ना पुराना दिन सम्झन्छन् ।


सानै उमेरमा सुरुवात
अग्रवाल सानै उमेरदेखि महत्वकांक्षी व्यक्ति हुन् । युवा अवस्थामा पनि उनी उत्तिकै महत्वकांक्षी नै थिए ।

उनी भारतको उडिसा राज्यको रायागाडा भन्ने सानो सहरमा हुर्किएका हुन् । उनी ८ वर्षकै उमेरबाट कम्प्युटरका कोडहरु लेख्थे । 'मैले मेरा दाजुका केही किताबहरु प्रयोग गरें, मैले त्यतिबेला पहिलो पटक कम्प्युटर भन्ने जानेको हुँ । म त्यतिबेला निकै उत्साही थिएँ र त्यो उत्साह अझै रोकिएको छैन,' उनी भन्छन् ।

१३ वर्षकै उमेरमा उनले वेवसाइट डिजाइन गर्नेहरुलाई सघाउन थाले । त्यतिमात्रै होइन उनले १७ वर्षकै उमेरमा भारतमा रहेका इन्जिनियरिङ कलेजका विषयमा किताब नै लेखे । जसले भारतीमा विद्यार्थीहरुलाई आफ्नो कोर्श अनुसारको कलेज छान्न सघाउने उनको विश्वास छ ।

अबको बाटो
अहिले भारतमा सिमित रहेको आफ्नो व्यवसाय विश्वका अरु देशसम्म पुर्‍याउने योजना छ उनको । उनले विश्वकै ठुलो होटलहरुको नेटवर्क निर्माण गर्ने योजना पनि अगाडि सारेका छन् ।

तर उनका लागि यो सजिलो नभएको आफैंले बुझेका छन् । भन्छन् , 'राम्रा मान्छे छनौट गर्न र यसलाई द्रुत गतिमा अगाडि बढाउन निकै कठिन छ ।'

अहिले उनी ग्राहकको फिडब्याक अनुसार आफ्नो सेवाको गुणस्तर सुधार गर्न लागि परेका छन् । यद्यपि उनी आफ्नो योजनाप्रति आशावादी पनि छन् । उनी भारतमा इन्टरनेट र स्मार्टफोनको पेनिट्रेसन बढेको देख्दा व्यापार बढ्नेमा अझै आशावादी भएका हुन् ।

आफ्नो सफलता बारे उनी आफू खास टिप्पणी पनि गर्न चाँहदैनन् । अग्रवाल भन्छन्, 'यसबारे बोल्नु अलि हतार हुन्छ कि!'

'तपाईहरु छिटो सुरुवात गर्नुस्, असफलताबाट पाठ सिक्दै जानुस तपाईंका सफलताका नयाँ ढोकाहरु पनि खुल्दै जानेछन् ।' अग्रवाल भन्छन् ।