किङ्स कलेज अब अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयको सम्बन्धनमा, विदेशकै गुणस्तरमा शिक्षा

बिजमाण्डू
२०७२ भदौ २२ गते ००:०० | Sep 8, 2015
किङ्स कलेज अब अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयको सम्बन्धनमा, विदेशकै गुणस्तरमा शिक्षा
काठमाडौं । व्यवस्थापनमा उच्च शिक्षा अध्ययन अध्यापन गराउँदै आएको किङ्स कलेजले अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयको सम्बन्धन प्राप्त गरेको छ । 

यो कलेजले गुणस्तर सुनिश्चितता (क्युएए/एक्रिडिएसन) प्राप्त विश्वविद्यालयको सम्बन्धन लिएको हो । यस अघि किङ्सले इन्टरनेशनल अमेरिकन युनिभर्सिटीको सम्बन्धन लिएको थियो । इन्टरनेशनल अमेरिकन युनिभर्सिटीको क्युएए÷एक्रिडिएसन नभएको कारण वेस्टक्फिलसँग सम्बन्धन लिएको जानकारी पनि कलेज दिएको छ । 
 
गत साउन ३२ गतेको मन्त्रीपरिषद् बैठकले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्चशिक्षा सञ्चालन गर्ने सम्बन्धी (पहिलो संशोधन) निर्देशिका २०७२ स्वीकृत गरेको छ । यो निर्देशिका विदेशी विश्वविद्यालय वा शिक्षण संस्थाबाट सम्बन्धन लिएर नेपालमा स्नातक तह वा सो भन्दा माथिल्लो तहको शिक्षण संस्था सञ्चालन गर्ने कार्यलाई व्यवस्थित र नियन्त्रित गराउने उदेश्यले लागु भएको हो । 
 
निर्देशिका अनुसार सम्बन्धनप्रदायक विश्वविद्यालयले गुणस्तर सुनिश्चितता क्युएए/एक्रिडिएसन प्राप्त नगरेको अवस्थामा सञ्चालनमा रहेको शिक्षण संस्थाले गुणस्तर सुनिश्चितता प्राप्त गरेको अन्य विश्वविद्यालयसँग पाँच वर्षभित्र सम्बन्धन लिइसक्नु पर्नेछ । यही कारण किङसले वेस्टक्लिफसँग सम्बन्धन लिएको कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 
यो सम्बन्धनलाई भदौ पहिलो साता सरकारले स्वीकृति प्रदान गरिसकेको छ । एक्रिडिएसन प्राप्त गरेको हालको विश्वविद्यालयबाट प्रदान गरिने शिक्षा र शिक्षण विधि अझ बढी प्रभावकारी रहेको दावी पनि कलेजले गरेको छ । 
 
किङ्सले अमेरिकी विश्वविद्यालयको आबद्धता लिई चारबर्षे बीबीए र दुई बर्षे एमबीए र  उद्यमशिलतामा एमबीए कार्यक्रम विगत ६ बर्षदेखि सञ्चालन गर्दै आएको छ । 
 
‘बिदेशी डिग्रीका लागि वर्षेनी ३० हजार भन्दा बढी नेपाली विद्यार्थीहरु अमेरिकालगायतका देश जाने जान्छन् । विदेशमा हुने खर्चको २० प्रतिसत रकममा स्वदेशमै उक्त डिग्री उपलब्ध गराउनाले विदेश जाने सोच भएका विद्यार्थीलाई आफ्नै घर, आँगन र परिवेशमा गुणस्तरीय शिक्षाका साथै विश्वभरि रोजगारीको अवसर सिर्जना गर्न हामी प्रतिवद्ध छौं,’ कलेज काकार्यकारी निर्देशक नरोत्तम अर्यालले भने । 
 

Tata
GBIME
Nepal Life