भारतीय बजारमा रोयल इन्फिल्डको बजार विस्तार, एक महिनामा ५० प्रतिशतले बढ्यो बजार

बिजमाण्डू
२०७२ कात्तिक १ गते ००:०० | Oct 18, 2015
भारतीय बजारमा रोयल इन्फिल्डको बजार विस्तार, एक महिनामा ५० प्रतिशतले बढ्यो बजार

नयाँ दिल्ली । भारतीय मोटरसाइकल बजार सुस्ताइरहेको बेला रोयल इनफिल्डले भने अप्रिलदेखि सेप्टेम्बरसम्मको अवधीमा आफ्नो व्यापार ५० प्रतिशतले बढाएको छ ।
 
बुलेट, क्लासीक र थन्डरोइडलगायतका बाइक उत्पादन गरेको रोयल इनफिल्डले यो अवधिमा २ लाख २९ हजार ५ सय ३८ वटा बाइक विक्री गरेको जनाएको छ । यो अघिल्लो वर्षको यही अवधिको तुलनामा ५० प्रतिशतले धेरै हो । बैंकले गत वर्षको यो अवधिमा १ लाख ५२ हजार ६ सय ६६ वटा मोटरसाइकल विक्री गरेको थियो ।
 

Tata
GBIME
Nepal Life

६ महिनाको अवधिमा भारतमा सम्पूर्ण मोटरसाइकल बिक्रि ४.०६ प्रतिशतले घटेर ५५ लाख ९१ हजार ३ सय २८ वटामा आएको थियो ।
 
रोयल इनफिल्डका एक अधिकारीले आफ्नो उत्पादनको माग बजारमा बढ्दो क्रममा रहेको पुष्टि गरेका छन । २०१५ को अन्तिमसम्ममा ४ लाख ५० हजार मोटरसाइकल उत्पादन गर्ने लक्ष्य रहेको पनि उनले बताए ।