हँसाउनुस, पकाउनुस, गाउनुहोस, जे गरे पनि कमाउन सकिन्छ, जसले युट्युवमा करोडौं कमाए

बिजमाण्डू
२०७२ कात्तिक ५ गते ००:०० | Oct 22, 2015
हँसाउनुस, पकाउनुस, गाउनुहोस, जे गरे पनि कमाउन सकिन्छ, जसले युट्युवमा करोडौं कमाए
बाटोमा कोही नौलो व्याक्तिलाई गएर फेलिक्स जेलबर्गलाई चिन्नु हुन्छ ? भनेर सोध्नुभयो भने उनले तपाईलाई अचम्म मानेर हेर्नसक्छन् । यदि युट्युबमा चार करोड सब्सक्राइबर भएका पिडिपिको बारेमा सोध्नुभयो भने पक्का पनि सकारात्मक प्रतिक्रिया पाउनुहुनेछ ।
यी पच्चीस वर्षे स्वीडिस नागरिक सबैभन्दा धनी युट्युब स्टार हुन् । फोब्र्सले भर्खरै सार्वजनिक पारेको सुचीमा पिडिपि पहिलोमा छन् । उनले पछिल्लो वर्ष भिडियो गेम खेलेरै एक करोड २० लाख डलर(एक अर्ब २० करोड रुपैयाँ) कमाएका थिए ।
 
विज्ञापनदाताहरु उनको भिडियो गेममा आफ्नो उत्पादनको प्रचार गर्न जति पनि पैसा तिर्न इच्छुक हुन्छन् । पिडिपि जस्तै इन्टरनेटमा भावनामार्फत धेरै कमाउने १० च्यानललाई फोब्र्सले सूचीवद्ध गरेको छ । 
 
युट्युवमा कमेडि, भायोलिनको सँगीतमा नृत्य, सौन्दर्य कला प्रस्तुत गरेर केही व्याक्तिले लाखौं फ्यान बनाएका छन् । उनीहरुले त्यसबाट राम्रो आम्दानी पनि गरेका छन् ।
 
यसरी युट्युवबाट सबैभन्दा बढी कमाउने दश जनाको सूचीमा एउटा समानता छ । त्यो हो सबैजना उमेरमा ३० वर्षभन्दा कम छन् । 
 
सन् २००७ मा ग्रयानी वेबक्यामबाट युट्युवमा आफ्नो पहिलो भिडियो अपलोड गरेकी मिसिल फ्यानले भनिन्, यदि युट्युब भविष्यमा बिश्वव्यापी टेलिभिजनको रुपमा स्थापित भयो भने म यहाँ आफ्नो ब्राण्ड स्थापना गर्नेछु । उनको पहिलो भिडियो पहिलो सातामा ४० हजार मानिसले हेरेका थिए । जहाँ सयौंले कमेन्ट पनि गरेका थिए । 
 
युट्युव स्टारको कमाइको प्रमुख स्रोत प्रायोजित विज्ञापन तथा पेश्की हो । तर केहि स्टार भने टेलिभिजन, चलचित्र र संगित उद्योगमा पनि संलग्न छन् । केहि भने आफ्नै छुट्टै व्यावसाय पनि सञ्चालन गर्दै आएका छन् ।  
 
युट्युबमा भिडियो गेम कमाइको राम्रो स्रोत बनेको छ । जेलबर्गले पछिल्लो वर्ष  केएसआइ वा आलाजिदे आलाटुन्जी गेमबाट ४५ लाख डलर कमाएका थिए । ब्रिटिस कमेन्टेटर संगीतको क्षेत्रमा आफ्नो एकल र्याप लम्बोरगिनीबाट युकेको टप ४० चार्टमा पर्न सफल भए ।
 
हास्यकलाकारले युट्युबमा आफ्नो अस्तित्व स्थापित गरेका छन् । सबैभन्दा बढी कमाउनेमध्ये आधाले युट्युव च्यानलमा कमेडी र प्रयाङ्क च्यानल चलाएका छन् । बच्चादेखिकै साथी आयन हेक्जक र एन्थोनी पडिलाको समोस तथा फाइन ब्रदर्स बेन्नी र रफि फाइनले युट्युवबाट पछिल्लो वर्ष ८५ लाख डलर कमाए ।
 
रेट एण्ड लिकं, अक्का रेट म्याकलाफलिन र चार्ल लिङ्कनीनल तेस्रोले पनि युट्युवमा हँसाएर कमाएका छन् । ड्ओले पनि विभिन्न स्पोन्सरहरु जस्तै जिलेट, वेन्डिज र टोयोटाबाट ४५ लाख डलर कमाए । 
 
आफ्ना प्रशंसकमाझ सुपरवुमनको रुपमा परिचित लिल्ली सिंहले आफ्नो चुट्का र ख्यालीबाट पछिल्लो वर्ष २५ लाख डलर कमाएकी थिइन् । भर्खरै उनको युनीकर्न आइल्याण्ड नामक २५ शहरको विश्व भ्रमण पनि चर्चित रह्यो । युट्युवमा पकंडिएस एस्टोन कुचरको नामबाट चर्चित रोमन एटवुडले पनि आफ्नो चुट्कीबाट २५ लाख डलर कमाए । 
 
सबैभन्दा धेरै कमाउने युट्युव स्टारमध्ये चौथोमा भायोलिन वादक लिन्डसे पर्छिन् । उनको धुनले सबैको ध्यान केन्द्रित गर्छ । उनले जुनसम्म १२ महिनामा ६० लाख डलर कमाएकि थिइन् । उनले सटमी र लिन्ड्से स्टर्लिङ नामक दुइवटा एल्बम निकालेकी छिन् । यी दुई एल्बम उनको करियर बनाउन सफल रहे ।
 
फोब्र्सको समारोहमा बोल्दै लिन्ड्सेले भनिन्, यसको सम्पूर्ण श्रेय फ्यानलाई जान्छ । सौन्दर्यसंग सम्बन्धित उद्यमी मिसिल फ्यान पनि युट्युवमा परिचित नाम हो । उनले एक वर्षमा ३० लाख डलर कमाएकी छिन् । उनको ब्युटि सब्सक्रिप्सन सर्भिस लगायत कस्मेटिक क्षेत्रमा लगानी छ । 
बिस्कुट बनाउने सेफ रोशन्ना प्यानसीनोले पनि युट्युवबाट २५ लाख डलर कमाएकी छन् । उनले इन्टरनेटबाट कुकिङ सम्बन्धित कार्यक्रम चलाउँछिन् । अर्काे महिनामा उनको कुक बुक पनि आउँदैछ ।
 
जब दश वर्ष अगाडी युट्युबको सुरुवात भयो, यसको एउटै लक्ष्य द्रुत र सहज रुपमा  भिडियो प्रदान तथा सेयर गर्ने थियो । अहिले यसबाट दर्जनौंको सङ्ख्यामा जवान करोडपतीहरु जन्मिएका छन् । 
 

Tata
GBIME
Nepal Life