अटो मोवाइल व्यवसाय अझ व्यवस्थित बन्दै,साढे ६१ लाख रुपैयाँ लगानीमा बन्यो अटो भिलेज

बिजमाण्डू
२०७२ कात्तिक ९ गते ००:०० | Oct 26, 2015

दाङ । विभिन्न स्थानमा छरिएर रहेका दाङका अटो व्यवसायीहरुले अब व्यवस्थितरुपमा आफ्नो व्यवसाय सञ्चालन गर्ने भएका छन् । दाङको तुलसीपुर–५ को नयाँ बसपार्क क्षेत्रमा रहेका अटो मेकानिक्स र अटो व्यवसायीहरु आधुनिक अटो भिलेजमा व्यवस्थित हुन लागेका हुन् ।
 
अटो व्यवसायीको मागबमोजिम तुलसीपुर नगरपालिका कार्यालयले जगेडा कोषको ५० लाख र सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको ११ लाख २५ हजार रुपैयाँ लगानीबाट तुलसीपुरमा अटोभिलेज निर्माण गरेपछि अटो व्यवसायीलाई सहज भएको हो ।
 
अटो भिलेजको काम सकिएको र विभिन्न स्थानमा छरिएर रहेका अटो व्यवसायी अब व्यवस्थित रुपमा एकै स्थानमा सर्ने नेपाल अटो मेकानिक्स व्यवसायी महासङ्घका अध्यक्ष यमप्रसाद भुसालले जकानकारी दिए ।
 
व्यवस्थित अटो भिलेज अभियानले तुलसीपुरको नयाँ बसपार्कका साथै सहरबजारको सौन्दर्य थप्न सहयोग पुग्ने छ । दाङको घोराहीमा पनि स्वर्गद्वारी अटो भिलेज निर्माण भएको छ । रासस

Tata
GBIME
Nepal Life