अब ४९ वटा म्यानपावर कम्पनीले मात्रै घरेलु कामदार पठाउने, सूचीकरणमा नपरेकाले पठाउन नपाउने

बिजमाण्डू
२०७२ कात्तिक १३ गते ००:०० | Oct 30, 2015
अब ४९ वटा म्यानपावर कम्पनीले मात्रै घरेलु कामदार पठाउने, सूचीकरणमा नपरेकाले पठाउन नपाउने

काठमाडौँ । वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन नेपालका ४९ म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले सूचीकरण गरेको छ ।
     

Tata
GBIME
Nepal Life
 

वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७० अनुसार जारी भएको सूचनाको आधारमा निवेदन दिएका इजाजत प्राप्त म्यानपावर कम्पनीबाट निवेदन दिएकामध्येबाट कागजात अध्ययन गरी ४९ कम्पनी सूचीकृत भएको विभागले जनाएको छ ।

सूचीकरण भएका संस्थाले १५ दिनभित्र सम्पर्कमा आउन विभागले अनुरोध गरेको छ ।
 
यसअघि अधिकांश म्यानपावरले आफुखुसी विभिन्न मुलुकमा गैरकानुनीरुपमा घरेलु कामदार पठाउँदै आएका थिए । विभागको यो निर्णयपछि सुचीकरणमा नपरेका म्यानपावरले घरेलु कामदार पठाउन पाउने छैनन् । रासस