तिहारका लागि सरकारले बाँड्यो पेट्रोल, राजधानीका पम्पहरुमा यसरी लाग्यो सर्वसाधारणको लाम

बिजमाण्डू
२०७२ कात्तिक १९ गते ००:०० | Nov 5, 2015
काठमाडौं । दसै‌पछि पहिलोपटक निजी सवारीसाधनका लागि एकमुष्ठ रुपमा पेट्रोल बिक्री गर्ने सरकारी घोषणापछि पेट्रोल पम्पमा तीन दिनअघि देखि नै  मोटरसाइकल र कारको लाम लाग्न सुरु भएको थियो।

Tata
GBIME
Nepal Life

पहिलो दिन सरकारले मोटरसाइकलका हकमा ३० लटसम्म र कारका लागि ५ लटसम्मका लागिमात्रै तेल वितरण गर्ने जनाएको थियो। इन्धन अभावको चरम अवस्था खेपिरहेको अवस्थामा सरकारले तोकेका लटका सवारी त लाइनमा रहे नै सँगै अन्य लटका गाडी पनि तेलको प्रतीक्षामा रहेको देखियो।

सरकारले आगामी साताको तिहारलाई लक्षित गरेर पेट्रोल वितरण गरेको हो। पेट्रोलका लागि मानिसहरु धर्यताका साथ रातभरि नै जागा रहे। बिहीबार पेट्रोलपम्पमा देखिएको दृष्य :