फोर्डको इकोस्पोर्टमा समस्या, सस्पेन्स ठीक गर्न १६ हजार ४४४ गाडी धनीलाई कम्पनीले लेख्यो पत्र

बिजमाण्डू
२०७२ कात्तिक २८ गते ००:०० | Nov 14, 2015
फोर्डको इकोस्पोर्टमा समस्या, सस्पेन्स ठीक गर्न १६ हजार ४४४ गाडी धनीलाई कम्पनीले लेख्यो पत्र

नयाँदिल्ली । अमेरिकी अटोमोवाइल कम्पनी फोर्डले भारतमा आफ्नो लोकप्रिय कम्प्याक्ट एसयुभि इकोस्पोर्टका १६ हजार ४४४ गाडी 'रिकल' गरेको छ। यी सबै गाडी नोभेम्बर २०१३ देखि अप्रिल २०१४ को बीचमा उत्पादन गरिएका हुन्।

कम्पनीले यो एसयुभिको रियर ट्विस्ट बीम बोल्टमा खराबी भएपछि त्यसलाई मर्मत गर्न फिर्ता गरिएको हो।

Tata
GBIME
Nepal Life

फोर्ड इण्डियाले एउटा प्रेस विज्ञप्ति जारी गरेर यसको सूचना दिएको छ। केही गाडीको रियर ट्विस्ट बीम -आरटिबी_ बोल्ट आवश्यकताअनुसार कसिएको पाइएको छैन्, यसले बोल्ट भाँचिने खतरा छ। आरटिबी बोल्ट गाडीको सस्पेन्सनको एउटा पूर्जा हो।

कम्पनीको स्थानीय डिलरले गाडीको जाँच गर्न फोर्ड इको स्पोर्टका १६ हजार ४४४ ग्राहकलाई चिठ्ठि लेख्ने जानकारी फोर्ड इण्डियाले जानकारी दिएको छ। डिलरले विना शुल्क बोल्ट ठीक गर्ने जानकारी पनि कम्पनीले दिएको छ।