रेञ्ज रोवरको नयाँ संस्करण आगामी वर्ष आउने, मूल्य सार्वजनिक भएन, धेरै सुधार गरिएको कम्पनीको दावी

बिजमाण्डू
२०७२ मंसिर २ गते ००:०० | Nov 18, 2015
रेञ्ज रोवरको नयाँ संस्करण आगामी वर्ष आउने, मूल्य सार्वजनिक भएन, धेरै सुधार गरिएको कम्पनीको दावी

काठमाडौं । एड्भेञ्चर्स एसयुबी सार्वजनिक गरेपछि रेञ्ज रोवरले नयाँ कन्भर्टिबल एसयुबी पनि सार्वजनिक गर्ने भएको छ । सन् २०१२ मा टिजर प्रस्तुत गरिएको नयाँ कार अब सार्वजनिक गर्न लागिएको हो । सबै टेस्ट पुरा भएपछि यसलाई सार्वजनिक गर्ने निष्कर्शमा कम्पनी पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Tata
GBIME
Nepal Life

यो गाडीलाई क्लासिक ल्याण्ड स्टाइलमा डिजाइन गरिएको कम्पनीले जनाएको छ । फाइभ डोर तथा फोर सिटर यो कार लग्जरियस स्पोर्टस स्टाइलको भएको कम्पनीले जनाएको छ । यो कारमा ड्राइभरको सुरक्षाका लागि रोल ओभर सिस्टम लगाइएको छ ।

रोल ओभरले ९० मिलिसेकेण्ड भित्र दुई आल्मुनियम बार्स निकालेर गाडीमा सवार मानिसलाई प्रटेक्सन स्पेश बनाउँछ । यसको रुफ २४ सेकेण्ड भित्र सेट गर्न मिल्ने अटोमेटेड किसिमको भएको कम्पनीले दाबी गरेको छ । यो गाडीमा २४०–एचपीको टर्बाेचाज्र्ड फोर सिलिण्डर इञ्जीन प्रयोग गरिएको छ ।

यसको मूल्यको बारेमा कुनै आधिकारिक जानकारी नआएपनि यसको भारतमा ५० लाखदेखि ८० लाख भारतीय रुपैयाँ पर्न सक्ने अनुमान गरिएको छ । रेञ्ज रोवर इवोक कन्भर्टिभलको निर्माण युकेमा भएको हो । यो गाडीलाई सन् २०१६ को मध्य तिर १७० भन्दा बढि मुलुकहरुमा उपलब्ध गराउने कम्पनीले बताएको छ ।