सुनको भाउ दुईसय रुपैयाँले बढ्यो, तोलाको ४८ हजार ५ सय रुपैयाँमा किनबेच, चाँदीको मूल्य स्‍थिर

बिजमाण्डू
२०७२ मंसिर ४ गते ००:०० | Nov 20, 2015
सुनको भाउ दुईसय रुपैयाँले बढ्यो, तोलाको ४८ हजार ५ सय रुपैयाँमा किनबेच, चाँदीको मूल्य स्‍थिर

काठमाडौं। यो हप्ताभरमा सुनको भाउमा उतारचढाव रहिरह्यो। हप्ताको पहिलो दिन आइतबारको तुलनामा कारोबार हुने अन्तिम दिन शुक्रबार सुन दुईसय रुपैयाँले सस्तो भयो।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलाको ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ४८ हजार सातसय रुपैयाँमा किनबेच भइरहेको छ।

महासंघका अनुसार सुनको भाउ विहीबारको तुलनामा शुक्रबार दुईसय रुपैयाँले बढेको छ। विहीबार तोलाको ४८ हजार तीनसयमा किनबेच भएको सुन शुक्रबार ४८ हजार पाँचसय पुगेको छ।

चाँदी पनि हप्ताको पहिलो दिनको तुलनामा अन्तिम दिन ५ रुपैयाँ सस्तो भएको छ। विहीबार जस्तै शुक्रबार पनि चाँदी तोलाको ६ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ।