आइतबार नेपाल ग्यासले राजधानीमा २१ सय सिलिण्डर वितरण गर्ने, कहाँ पाइन्छ हेर्नुस् लिस्ट

बिजमाण्डू
२०७२ मंसिर ५ गते ००:०० | Nov 21, 2015
आइतबार नेपाल ग्यासले राजधानीमा २१ सय सिलिण्डर वितरण गर्ने, कहाँ पाइन्छ हेर्नुस् लिस्ट
काठमाडौं । नेपाल ग्यासले आइताबार उपत्यकामा २१ सय सिलिण्डर ग्यास वितरण गर्ने भएकोछ । कम्पनीले आइतबार आफ्ना ३० वटा डिलरमार्फत ग्यास दिन लागेको हो । ३० वटै डिरलमा ७० वटाका दरले सिलिण्डर उपलब्ध हुनेछ । विगत तीन दिन देखि यो कम्पनीले नियमिति रुपमा ग्यास वितरण गरिहेको छ ।
 
उद्योगका कार्यकारी निर्देशक गोकुल भण्डारीका अनुसार आइतबार देखि तीन दिनसम्म २१ सय सिलिण्डरका दरले ग्यास वितवरण गरिने छ । तीन दिनमा उपत्यकामा उद्योगले ६ हजार तीन सय सिलिण्डर ग्यास वितरण गर्नेछ । 
उद्योग हरेक दिन फरक फरक डिलरबाट ग्यास वितरण गर्नेछ । कार्यकारी निर्देशक भण्डारीका अनुसार तिहार पछि आठ बुलेट ग्यास राजधानी ल्याइएको छ । यही  ग्यास डिलरमार्फत धमाधम वितरण भइरहेको उनले बताए । 
 
आइतबार नेपाल ग्यास यहाँ पाइन्छ, हेर्नुस् सूचीः 

Tata
GBIME
Nepal Life