छोरी जन्मेपछि फेसबुकका संस्थापक जुकर्वर्ग दुई महिना बिदामा बस्ने, व्यक्तिगत निर्णय भएको भनाइ

बिजमाण्डू
२०७२ मंसिर ६ गते ००:०० | Nov 22, 2015
छोरी जन्मेपछि फेसबुकका संस्थापक जुकर्वर्ग दुई महिना बिदामा बस्ने, व्यक्तिगत निर्णय भएको भनाइ


न्यूयोर्क । फेसबुकका संस्थापक मार्कजुकर्बर्गले आफ्नी छोरी जन्मिएपछि दुई महिना अफिसको कामबाट छुट्टी लिने घोषणा गरेका छन्।  एउटा अनलाइनमा पोष्ट गर्दै उनले भनेका छन् ‘काममा ब्यस्त दम्पतिहरुले नवजातका लागि समय दिनुपर्छ।’ जुकरबर्गले यो निर्णय नितान्त ब्यक्तिगत भएको बताएका छन्। 
 

Tata
GBIME
Nepal Life

तीन पटकको गर्भपतनपछि आफ्नी पत्नी प्रिस्सिला च्यानले छोरी जन्माउने घोषणा जुकरबर्गले गएको जुलाई महिनामा गरेका थिए। फेसबुकले आफ्ना अमेरिकी कामदारलाई चार महिनाको भत्तासहित पारिवारिक छुट्टी दिने घोषणा गरेको छ।
 
प्रविधिसम्बन्धी कम्पनीहरुले भर्खरै बाबु वा आमा बनेका कामदारलाई छुट्टी र सुविधाहरु दिन थालेका छन्। नेटफ्लिक्स नामको कम्पनीले गएको अगस्ट महिनामा अमेरिकाका केही कामदारलाई बच्चा जन्मिएको धर्मपुत्र पाएको अवस्थामा एकवर्षसम्मको तलबी छुट्टी दिएको थियो।
 
एडब र माइक्रोसफ्टले पनि बच्चा जन्मेको अवसरमा कर्मचारीहरुलाई भत्ता दिने गरेको छ।