ब्राण्ड अफ दि इयरको उपाधि एलजीले जित्यो, र डिजाइन टिम अफ दि इयर अवार्ड पनि एलजीलाई

बिजमाण्डू
२०७२ मंसिर ६ गते ००:०० | Nov 22, 2015
ब्राण्ड अफ दि इयरको उपाधि एलजीले जित्यो, र डिजाइन टिम अफ दि इयर अवार्ड पनि एलजीलाई

काठमाडौं। नेपाली बजारमा घरायसी सामग्री बिक्री गर्दै आएको एलजीले ब्राण्ड अफ दि इयर २०१५ को उपाधि हात पारेको छ। विश्वमा सर्वोत्कृष्ट डिजाइन अवार्ड आरइड डट अवार्डबाट एलजी सम्मानित भएको हो।

Tata
GBIME
Nepal Life

यो उपलब्धीसँग एलजीले अघिल्ला वर्षका विजेताहरु पेप्सीको, अउडी एजी, मर्सिडिज बेन्जसँगै उच्च स्थान हात पार्न सफल भएको जनाएको छ

एलजीले ब्राण्ड अफ दि इअर अवार्ड र डिजाइन टिम अफ दि इयर अवार्ड गरी दुईवटा अवार्ड जितेको छ। आरइड डट अवार्ड अन्तर्गतको कम्युनिकेशन डिजाइन क्याटेगोरीमा वर्षरी १३ पटक विजयी भइ ब्राण्ड अफ दि इयर जित्न सफल भएको कम्पनीले जनाएको छ।

एलजीजीफोर र एलजी वाच अर्बेन डिजाइन अवार्ड प्रतियोगिताको लागि समावेश भएको थियो। यो अवार्डले कम्पनीलाई ग्राहकका माझ अझ बलियो उपस्थितीका लागि बाटो खोलेको कम्पनीले जनाएको छ।