प्रभु मनी ट्रान्सफर र मुथुड फाइनान्सबीच रेमिटेन्स भुक्तानी सम्झौता, भारतबाट पैसा पठाउन सजह

बिजमाण्डू
२०७२ मंसिर ७ गते ००:०० | Nov 23, 2015
प्रभु मनी ट्रान्सफर र मुथुड फाइनान्सबीच रेमिटेन्स भुक्तानी सम्झौता, भारतबाट पैसा पठाउन सजह

काठमाडौं । प्रभु मनी ट्रान्सफर इण्डिया र भारतस्थित मुथुड फाइनान्सबीच रेमिटेन्स कारोबार सम्बन्धी सम्झौता भएको छ ।सम्झौतामा प्रभु मनी ट्रान्सफर इण्डियाकातर्फबाट प्रमुख कार्यकारी अधिकृत कुसुम लामा र मुथुड फाइनान्सका तर्फबाट चिफ जेनरल म्यानेजर के आर बिजीमोनले हस्ताक्षर गरे ।

Tata
GBIME
Nepal Life

प्रभु मनी ट्रान्सफर इण्डियाले भारतमा रहेका नेपालीहरुको लागि आप्mनै नागरिकतामार्फत नेपालमा सर्वसुलभ तरिकाले रकम पठाउन विप्रेषण सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । हाल भारतको द्वारका र पहाडगञ्जस्थित प्रभु मनी ट्रान्सफरको आफ्नै कार्यालय र यसका मुख्य एजेण्ट एकोका ३६ सय र जीआई टेक्नोलोजी स्मार्ट सपका ९० हजार आउलेटहरु तथा प्रभु मनी ट्रान्सफका भारतस्थित अन्य एजेण्टमार्फत् सहज रुपमा नेपालमा रकम पठाउने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

सम्झौतापछि भारतभर रहेका मुथुत फाइनान्स लिमिटेडका ७ हजार शाखा सञ्जालहरुबाट नेपालमा रकम पठाउन थप सहज हुनेछ । यसरी भारतबाट प्रभु मनी ट्रान्सफरमार्फत नेपालमा पठाइएको रकम प्रभु बैंकका शाखा कार्यालयहरु, प्रभु मनि ट्रान्सफरका नेपालस्थित करिब ७ हजार एजेन्टमार्फत् सजिलै सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।