रिलायबल डेभलपमेन्ट बैंकले तीन करोड १५ लाख नाफा कमायो, निक्षेप सात अर्ब रुपैयाँ पुग्यो

बिजमाण्डू
२०७२ मंसिर ७ गते ००:०० | Nov 23, 2015

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले तीन करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ४१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

यो नाफा अघिल्लो वर्षको तुलनामा ६ सय ५२ प्रतिशतले बढी हो । १६ शाखाहरु मार्फत सेवा प्रदान गर्दै आएको यस बैंकले पहिलो त्रैमासमा ७ अर्ब १८ करोड ८ लाख रुपैयाँ निक्षेप संकलनगरि ५ अर्ब ५० करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Tata
GBIME
Nepal Life

यस अवधिमा बैंकले आफनो खराब कर्जा २ करोड ७५ लाख रुपैयाँ उठाउन सफल भएको छ । अघिल्लो वर्षको पहिलो त्रयमासमा ४.१४ प्रतिशत रहेको निष्कृय कर्जा यस वर्षको पहिलो त्रैमासमा घटाएर १.५० प्रतिशतमा झारेको छ । चुक्ता पुंजी ७१ करोड ६८ लाख ९२ हजार ६ सय ४५ रुपैयाँ रहेको यस बैंकको प्रति शेयर आम्दानी १७ दशमलव ५९ रुपैयाँ रहेको छ ।