टिभिएसको तीन दिने निशुल्क सर्भिस क्याम्प, सर्भिस क्याम्पमा टिभिएस आयलको बिक्री सुरु

बिजमाण्डू
२०७२ मंसिर ७ गते ००:०० | Nov 23, 2015
टिभिएसको तीन दिने निशुल्क सर्भिस क्याम्प, सर्भिस क्याम्पमा टिभिएस आयलको बिक्री सुरु
काठमाडौं । जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकलको निशुल्क सर्भिस क्याम्प आयोजना गरेको छ । टिभिएस मोटर कम्पनिको आधिकारीक विक्रेताको रुपमा यो जगदम्बाले एसजि इन्जिनियरिङ्ग प्रालिमा गियरड टु केयर नामक सर्भिस क्याम्प सञ्चालन गरेको हो । 
 
आइतबार देखि सुरु भएको यो क्याम्प मंगलबारसम्म सञ्चालन हुनेछ । जगदम्बा मोटर्सका सर्भिस हेडका अनुसार, कम्पनिले क्याम्पमा सहभागी हुने ग्राहकहरुलाई  सेवाशुल्क सतप्रतिसत निशुल्क,  स्पेयर पार्टसमा १२ प्रतिसत छुट र इन्जिन आयलको खरिदमा १० प्रतिसत छुट दिएको छ । त्यस्तै कम्पनीले अर्को सर्भिसिङ्गको लागि पनि विशेष छुट दिनेछ । 
 
क्याम्पमा जगदम्बा मोटर्सले टिभिएसका बाइक तथा स्कुटरका लागि टिभिएस आयलको विक्री प्रारम्भ पनि गरेको छ । 
 
कम्पनिको अनुसार टिभिएसको काठमाडौँ स्थित सर्भिस सेन्टरहरु नेपालमा पहिलो पटक एक घण्टामै सम्पूर्ण सर्भिस प्रदान गर्ने पहिलो हुन् । एक्सप्रेस सर्भिस स्टेशन नाम दिइएका सेन्टरहरुमा टिभिएसद्वारा प्रशिक्षित सर्भिस इन्जिनियरहरुले बाइक तथा स्कुटरको सर्भिसिङ्ग गर्ने जानकारी दिइएको छ ।
 

Tata
GBIME
Nepal Life