एभरेष्ट बैंकको साधारणसभा पुस ६ गते, ३५ प्रतिसत लाभांसको प्रस्ताव, एक प्रतिसत नगद घटायो

बिजमाण्डू
२०७२ मंसिर ७ गते ००:०० | Nov 23, 2015
एभरेष्ट बैंकको साधारणसभा पुस ६ गते, ३५ प्रतिसत लाभांसको प्रस्ताव, एक प्रतिसत नगद घटायो


काठमाडौं ।  एभरेष्ट बैंक सञ्चालक समितिले आगामी साधारण सभा पुस ६ गते गर्ने निर्णय गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । 
 

 
बैंकले लगानीकर्तालाई ३० प्रतिसत बोनस सेयर र पाँच प्रतिसत नगद लाभांस दिने प्रस्ताव गरेको छ । गत आर्थिक वर्षमा कमाएको नाफाबाट बैंकले बोनस तथा नगद लाभांस दिने प्रस्ताव गरेको हो । लगानीकर्ताले भने यो भन्दा निकै बढी बोनसको अपेक्षा गरेका थिए । बैंकले यस अघि ६ प्रतिसत नगल लाभांसको प्रस्ताव गरेको थियो । 
 
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा ‘क’ वर्गंका बाणिज्य बैंकहरुको चुक्तापुँजी आगामी दुई वर्षभित्र आठ अर्ब पुर्याउनु पर्ने व्यवसस्था गरेको छ । पुँजी आधार बलियो बनाउन केन्द्रीय बैंकले यस्तो निर्णय गरेको हो । 
 
बैंकले आर्थिक वर्ष २०७०/ ७१ मा खुद नाफा एक अर्ब ५४ बाट बढाएर एक अर्ब ५७ करोड रुपैयाँ पुर्याएको छ । 
 

Tata
GBIME
Nepal Life