रसुवागढी नाका अवलोकन गर्न सांसदहरुको टोली रसुवा गयो, केरुङ पुगेर पूर्वाधारको जानकारी लिने

बिजमाण्डू
२०७२ मंसिर ८ गते ००:०० | Nov 24, 2015
रसुवागढी नाका अवलोकन गर्न सांसदहरुको टोली रसुवा गयो, केरुङ पुगेर पूर्वाधारको जानकारी लिने

काठमाडौं। रसुवागढी नाका प्रभावकारी रुपमा सञ्चालका लागि अध्ययन गर्न संसदीय समिति स्थलगत निरीक्षणका लागि रसुवागढी प्रस्थान गरेको छ। विकास समितिका सभापति रविन्द्र अधिकारीको नेतृत्वमा सांसदहरु त्यसतर्फ लागेका हुन्।

 

'यो नाकालाई दीर्घकालीन रुपमा प्रभावकारी रुपमा सञ्चालनका लागि गर्नु पर्ने काम लगायतका विषयमा हामीले अध्ययन गर्छौं,' अधिकारीले भने, 'चीन र नेपालबीच व्यापारिक सम्बन्ध बलियो बनाउन यो नाकालाई प्रभावकारी रुपमा अगाडि बढाउन के गर्न सकिन्छ हाम्रो मुख्य उद्देश्य त्यही हुनेछ।'

 

सांसदहरुको टोली चीनको केरुङसम्म पुग्ने अधिकारीले जानकारी दिए। उनका अनुसार सांसदहरुले रसुवागढी नाकाहुँदै काठमाडौंसम्म आउने बाटोको स्तरोन्नतीलगायतका विषयमा सरकारलाई सुझाव दिनेछ।

 

टोलीमा रहेका सांसद जनार्दन ढकालले रसुवा र नुवाकोटमा पर्ने बाटोलाई बाह्रै महिना सञ्चालन गर्ने, वैकल्पिक मार्गको व्यवस्थाका लागि पहल गर्नेलगायतका विषयमा आफूहरुले काम गर्ने बताए। 

Tata
GBIME
Nepal Life