चिलिमेले २७ प्रतिशत लाभांस दिने, १५ प्रतिशत वोनस सेयर, १२ प्रतिशत नगद लाभांस, एजिएम चाँडै

बिजमाण्डू
२०७२ मंसिर ९ गते ००:०० | Nov 25, 2015

Tata
GBIME
Nepal Life

काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीले २७ प्रतिशत लाभांस प्रस्ताव गरेको छ । कम्पनीले १२ प्रतिशत नगद लाभांस र १५ प्रतिशत वोनस सेयर दिने प्रस्ताव गरेको हो ।

मंगलबार बसेको कम्पनीको सञ्चालक समितिले गत बर्षको नाफाबाट लाभांस प्रस्ताव गरेको हो । कम्पनीको लाभांस बार्षिक साधारणसभाले पारित गरेपछि  लगानीकर्ताले पाउने छन् ।

कम्पनीले गत बर्ष ८४ करोड ४५ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीको चुक्ता पुँजी दुई अर्ब ७२ करोड रुपैयाँ छ । कम्पनीले साधारणसभाको मिति भने टुङ्गो गरिसकेको छैन ।

कम्पनीले एक सय रुपैयाँ दरका ४० करोड ८० लाखको सेयर र ३२ करोड ६४ लाख रुपैयाँ नगद वाँड्न लागेको हो ।