सेयर बजारमा दोहोरो अंकको गिरावट, २२ करोडको किनबेच, नबिल संस्थापकको ठूलो कारोबार

बिजमाण्डू
२०७२ मंसिर ९ गते ००:०० | Nov 25, 2015
काठमाडौं । सेयर बजार दोहोरो अंकले घटेको छ । बजार सुुचक १०.२७ अंकले झरेपछि नेप्से १०५६.४२ अंकमा  आइपुगेको छ । बजार भदौ २९ गते १२०६ अंकसम्म पुगेको थियो ।

Tata
GBIME
Nepal Life

दिनभरीमा ११६ कम्पनीका २२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । कुल चार लाख ५५ हजार २९३ कित्ता सेयर किनबेच भएको छ ।

सबै उपसुचकहरु ओरालो लागेका छन् । बिमा, बैंकिङ, जलविद्यूत्, होटलका सुचकहरु उच्च अंकले घटेका छन् ।

सबैभन्दा वढी नबिल संस्थापक दुई करोड नौं लाख, चिलिमे एक करोड ४८ लाख, एभरेष्ट बैंक एक करोड ३९ लाख, एसबिआइ बैंक एक करोड १९ लाख, अपी पावर एक करोड रुपैयाँको सेयर कारोबार भएको छ।

हिजोबाट कारोबार सुचारु भएको नेपाल ग्रामिण विकास बैंकका लगानीकर्ताले नौं प्रतिशतका हाराहारीमा कमाएका छन् ।