सामसङ मोवाइलकाे ग्राण्ड प्राइज हुण्डाई क्रेटा मनिताले जितिन, प्रत्यक्ष प्रशारण मार्फत घोषणा

बिजमाण्डू
२०७२ मंसिर ९ गते ००:०० | Nov 25, 2015
काठमाडौं । सामसङले सञ्चालन गरेको दसैं बोनान्जा उपहार योजना अन्तर्गतको ग्राण्ड प्राइज हुण्डाई क्रेटा कार मनिता महर्जनले जितेकी छन् । काठमाडौंको थानकोट बस्ने महर्जनले यो पुरस्कार जितेको जानकारी सामसङ इलेक्ट्रोनिक्सले दिएको छ ।
 

 
बिजेताको सिरियल नम्बर आर२१जि९२८५एफ०एफ रहेको जानकारी पनि कम्पनीले दिएको छ । यो योजना असोज ४ देखि २९ गतेसम्म लागु गरिएको थियो । यो योजना अन्तर्गत हरेक दिन तीन जनाले ग्यालेक्सी अल्फा, ग्यालेक्सी के जूम, ग्यालेक्सी एस सिक्स मोबाईल, हरेक दिन एक जनाले ग्यालेक्सी टयाब टि ७०५, हरेक १५ दिनमा एक जनाले बजाज पल्सर २०० आरएस जितेका थिए । 
 
योजनाको अन्तिममा ग्राण्ड प्राइजमा हुण्डाइ क्रेटा कार राखिएको थियो । ईमेज च्यानलको चर्चित कार्यक्रम म्यूजिक अफ योर चोईस मा प्रत्यक्ष प्रशारण मार्फत लक्की ड्र गरेर यो उपहार योजना घोषण गरिएको जनाएको छ ।
 

Tata
GBIME
Nepal Life