एनसेल एप क्याम्पमा पर्यटन सम्बन्धि ‘थिमेटिक’ सेमिनार, एप विश्वसनीय नभए चल्दैनन्

बिजमाण्डू
२०७२ मंसिर ९ गते ००:०० | Nov 25, 2015
एनसेल एप क्याम्पमा पर्यटन सम्बन्धि  ‘थिमेटिक’ सेमिनार, एप विश्वसनीय नभए चल्दैनन्
 काठमाडौं । मोवाइल सेवा प्रदायक एनसेलले एनसेल एप क्याम्प २०१५ का लागि छनोट भएका १ सय ५० समूहमध्ये पर्यटन विधाका प्रतियोगी समुहहरुका लागि ‘थिमेटिक’ सेमिनरको आयोजना गरेको छ । सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रतियोगिहरुलाई थप जानकारी दिने हेतुले यो गोष्ठी आयोजना गरिएको हो ।
 
बुधबार आयोजित गोष्ठीमा पर्यटन क्षेत्रका विज्ञहरुले एप निमार्णको सम्भावना, एप बजारको अन्तर्राष्ट्रिय अवस्था र कस्ता एपहरुले विश्व बजारमा ठाँउ पाउन सक्छन् भनेर छलफल गरेका थिए । छलफलमा विज्ञहरुले चलाउन गारो नहुने, इन्टरएक्टिभ र राम्रो विषयगत जानकारी दिने खालको एपहरु बनाउन सुझाब दिएका थिए ।
 

 
प्रमुख वक्ताका रुपमा सोसियल टुर्सका राज ज्ञवालीले पर्यटनको सुरक्षा, ठाँउहरुको जानकारी दिने नक्सा र नेपालमा हुने कार्यक्रमसँग सम्बन्धित एपहरु बनाउन सकिने बताए । ‘तपाँईले बनाउने एपमा विश्वसनीयता नभए कसैले प्रयोग गर्दैन,’ उनले भने ।
 
शेर्पा एडभेन्चर गिएरका आशुतोष तिवारी, नेपाल पर्यटन वोर्डका जनसम्र्पक निर्देशक सुनिल शर्मा, नेपाल सुत्रका सुनिल चन्द्र शर्मा र ओशो भिजन ट्रेक्स एण्ड एक्सपिडिसनका तारानाथ लामिछानेले सेमिनारमा भाग लिएका थिए ।
 
एनसेल एप क्याम्प देशकै सबभन्दा ठूलो एप विकास सम्बन्धि भेला हो । आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत एनसेलले गएको वर्ष देखि एप क्याम्प सुरु गरेको हो । एनसेल एप क्याम्प २०१५ मा खेल तथा मनोरंञ्जन, स्वास्थ्य, पर्यटन र युटिलिटी गरी चार वटा विधा छन् । नव प्रतिभाहरुको उत्साहजनक सहभागिता रहेको कारणले गर्दा पर्यटन विधा यस वर्ष पनि समावेश गरिएको हो ।
 
सेमिनार र तालिममा भाग लिएपछि प्रतियोगीहरुले आफ्नो एपको प्रटोटाइप बुझाउनु पर्नेछ जसका आधारमा सम्वन्धित क्षेत्रको विज्ञहरुले प्रत्येक विधाबाट ६ वटा समूहलाई फाइनलमा सहभागी हुनका लागि छान्नेछन् । यस पटकको एनसेल एप क्याम्पको पार्टनरको रुपमा नबिल बैंक, काठमाडौं कलेज अफ म्यानेजमेन्ट, इ–सेवा र मेटलाइफ रहेका छन् ।
 

Tata
GBIME
Nepal Life